Janakpurdham
Thu, Oct 16, 2025
`

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनार (सोनल) नियुक्त हुनु भएको छ । 

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार पाँच राजनीतिक दलको ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थन प्राप्त गर्नु भएकाले मधेश प्रदेशका मुख्यमन्त्रीमा सोनार नियुक्त हुनु भएको मधेश प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज साँझ जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको हो । 

नव नियुक्त हुनु भएका सोनारको पक्षमा जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र नेकपा एसका ७ गरेर ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थन प्राप्त देखिएकाले नियुक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । 

मधेश प्रदेश सभाको मुख्यमन्त्री पदमा नियुक्तिका लागि ती दलका नेताहरूले आज बिहान १० बजे नै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा सोनारलाई नियुक्तिका लागि दाबी पत्र दर्ता गराउनु भएको थियो । नव नियुक्त हुनु भएका मुख्यमन्त्री सोनार बारा जिल्लाबाट दोस्रो पटक प्रदेश सभा सदस्यमा लोसपाबाट निर्वाचित हुनु भएको हो । 

जनता समाजवादी पार्टी नेपालका लालबाबु राउत नेतृत्वको पहिलो मधेश प्रदेश सरकारमा सोनार मधेश प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ । लामो राजनीतिक यात्रा गर्नु भएका सोनार पेशले इन्जिनियर हुनु हुन्छ ।  


साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

3 घन्टा पहिले

क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..

3 घन्टा पहिले

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

1 दिन पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

1 दिन पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले