मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
11 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनार (सोनल) नियुक्त हुनु भएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार पाँच राजनीतिक दलको ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थन प्राप्त गर्नु भएकाले मधेश प्रदेशका मुख्यमन्त्रीमा सोनार नियुक्त हुनु भएको मधेश प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज साँझ जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको हो ।
नव नियुक्त हुनु भएका सोनारको पक्षमा जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र नेकपा एसका ७ गरेर ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थन प्राप्त देखिएकाले नियुक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।
मधेश प्रदेश सभाको मुख्यमन्त्री पदमा नियुक्तिका लागि ती दलका नेताहरूले आज बिहान १० बजे नै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा सोनारलाई नियुक्तिका लागि दाबी पत्र दर्ता गराउनु भएको थियो । नव नियुक्त हुनु भएका मुख्यमन्त्री सोनार बारा जिल्लाबाट दोस्रो पटक प्रदेश सभा सदस्यमा लोसपाबाट निर्वाचित हुनु भएको हो ।
जनता समाजवादी पार्टी नेपालका लालबाबु राउत नेतृत्वको पहिलो मधेश प्रदेश सरकारमा सोनार मधेश प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी निर्वाह गरी सक्नु भएको छ । लामो राजनीतिक यात्रा गर्नु भएका सोनार पेशले इन्जिनियर हुनु हुन्छ ।

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
11 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
11 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह