जनकपुरधाममा छठपर्वको तयारी सुरु
12 महीना पहिले प्रकाशित
Esandhyakalin
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ ।तराइमा छठको छुट्टै महत्त्व रहेको नीति आयोग मधेस प्रदेशका पूर्वउपाध्यक्ष डा भोगेन्द्र झाले बताउनुभयो । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गासागर, धनुषसागर, अरगजा, महरासागर, रत्नसागर, गोरधोइ, अरगजासर, दशरथ तलाउ, नोचा पोखरी, मटकोरबा पोखरी, दूधमतीघाटलगायत पोखरी, नदी र तालको सरसफाइसँगै सजाउने काममा स्थानीयको सक्रियता बढेको उनले जानकारी दिए।
प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा घुइँचो देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक सामानको मूल्य वृद्धि भएको स्थानीय रुकमिनी साहले बताए ।यस वर्ष कात्तिक १० गते (सोमबार) षष्ठीतिथिमा विधिपूर्वक साँझको सूर्यलाई अघ्र्य दिने दिन भए पनि यसको मुख्य विधि तीन पण्डित कुशेश्वर उपाध्यायले जानकारी दिए ।
“अहिले गाउँगाउँ, घरघरमा छठ पर्वका गीत गुञ्जिन थालेका छन् । सूर्यषष्ठी अर्थात् छठ पर्व प्रारम्भ हुनेछ । छठको पहिलो दिन बर्तालुले नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपबास बस्ने गर्दछन्”, उनले भनेसोही दिनको बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित उपाध्यायले जानकारी दिए ।
अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बस्ने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समाप्त हुने उनले बताए । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भनेर श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजारमा समान किन्ने र ताल, पोखरी सहजाउनेको घुइँचो देखिन थालेको छ ।
सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेकाले यो पर्वको महत्त्व रहेको पण्डित अमरकान्त झाले बताए ।
ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशिमा पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावकारी हुने भएकाले मानवका लागि फलकारी मानिएको बाबा विभाष लाभले जानकारी दिए ।
छठ पर्वको मुख्य प्रसादका रूपमा ठकुवा, भुसवा, केरा, फलफूल, मीठाइ, अदुवा, माटोबाट बनेका हात्ती, कुर्वार, दियो, घैटो, उखुलगायत बाँसबाट बनेका अन्य सामग्री आवश्यक पर्ने उनले बताए ।यसैबीच, छठ पर्वका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बताए। छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँले जानकारी दिए ।चार दिनसम्म मनाइने यो पर्वमा ब्रतालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुरलगायत खाद्यान्न परित्याग गरी व्रत बस्ने गर्दछन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटल शौभाग्य र इच्छा पूरा भएपछि सोही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
छठ पर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्त्व राख्ने जनाउँदै जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने भएकाले यसलाई विशेष पर्वका रूपमा मनाउने गरिएको छठका जानकार रोशन जनकपुरीले बताए ।त्यस्तै राजर्षीजनक विश्वविद्यालयका रजिस्ट्रार एवं जानकार सत्यनारायण साहले भने“भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छन् । मानव र प्रकृतिको प्रेम झल्काउन पनि छठ पर्वको महत्त्व छ ।”
साभार : नेपाल प्रेस
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
21 घन्टा पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
22 घन्टा पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
2 दिन पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
2 दिन पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
3 दिन पहिले