Janakpurdham
Tue, Oct 13, 2026
`

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

12 महीना पहिले प्रकाशित

Esandhyakalin

`

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।छठ घाटहरूमा रंगीन बत्ती, तोरण र विभिन्न सजावटी सामग्रीहरूले दृश्य झनै मनमोहक बनेको छ। छठ पर्वको विधी सुरु भइसकेकाले यहाका लालबकैया, बागमति, झाँझ, चाँदी लगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीयवासी तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्ने काम अन्तिम चरणमा पुगेको हो।

राजदेवी नगरपालिकाको मुडवालवा मठको पोखरी किनारमा छठ घाट आकर्षक तरिकाले सजाईएको छ। तिहार सकिएसँगै  छठ घाट सजावटको काम गरिएको चाँदी नदी छठ व्यवस्थापन समितिका सुरेन्द्र साहले बताए। प्रत्येक वर्ष छठ मनाउनेहरूको संख्या वृद्धि भइरहेकाले यस बर्ष व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ। अहिले जलाशय तथा ग्रामिण भेगका गाँउमा छठका महिमाको गीतहरु गुञ्जिन थालेका छन्। छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ। 

छठ व्रत शुद्धताको प्रतीकको रुपमा रहेकाले छठ ब्रतमा प्रसादको रुपमा प्रयोग हुने ठेकुवा फलफूलमा केरा सुन्तला ज्यामिर, निम्बु, उखु, अदुवालगायतका अन्य फलफूल मिठाइ भाँडाको रुपमा प्रयोग हुने माटोबाट निर्मित कलश, दियो, ढकनी, कोशी भर्न माटोको हात्ती बाँसबाट बनेको डगरा, दौँरा, सुपो लगायतका सामानहरु किनमेल गर्नेहरुको भीड स्थानीय बजारमा बढेको छ।विगत भन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको चन्द्रपुरका स्थानीयको गुनासो छ। चारदिनसम्म चल्ने यो पर्वमा पहिलो दिन नुहाएर पवित्र आहार ग्रहण गर्ने, दोस्रो दिन खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गर्ने परम्परा रहँदै आएको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

22 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

22 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले