Janakpurdham
Tue, Oct 13, 2026
`

काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, कोलकाता ‘डाइभर्ट’

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, माघ २१ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ।

टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

साे विमानमा टेकअफ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएपछि विमान भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा एउटा इन्जिन बिग्रिएको जानकारी चालकदलले काठमाडौं टावरलाई गराएका थिए।

चालकदलले सिंगल इन्जिनमा उडिरहेको रिपोर्ट गरेपछि विमान काठमाडौंको आकाश क्षेत्र छाडेर धादिङ जिल्लाको धार्के क्षेत्रमाथि केही समय एउटा इन्जिनको भरमा फन्को लगाउँदै  इन्जिनको अवस्था जाँच गरेको थियो।

जाँचका क्रममा दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान गर्न नसकिने निष्कर्षमा पुगेपछि चालकदलले इस्तानबुलको उडानलाई निरन्तरता नदिई भारतको कोलकातातर्फ डाइभर्ट गर्ने निर्णय गरेको हो। 

वाइडबडी विमान भएकाले काठमाडौंमै फर्किन वा भैरहवा अवतरण गर्न सक्ने विकल्प भए पनि चालकदलले जोखिम नलिई कोलकाता डाइभर्ट गर्ने निर्णय गरेको बताइएको छ। 

टर्किसको ‘ए३३०-३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।

साभार : काठमाडौं प्रेस

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

20 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

20 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले