आज जनकपुरमा कांग्रेसको शक्ति प्रदर्शन, घोषणापत्र पनि सार्वजनिक हुँदै
7 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,फाल्गुन ६ गते । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तयार पारेको चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्दैछ । कांग्रेसले मधेशकेन्द्रित औपचारिक शक्ति प्रदर्शनसहित चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
कांग्रेस मधेश प्रदेश सभापति तथा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंगलबार पत्रकार सम्मेलन गरेर चुनावीसभाको तयारी सकिएको जानकारी दिए । उनका अनुसार मधेशका आठवटै जिल्लामा नेता–कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिएको छ । कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रमको व्यवस्थापन मिलाइएको छ ।
सभामा पार्टी सभापति गगन थापासहित शीर्ष नेतृत्वको उपस्थिति रहने जनाइएको छ । केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ ।
सार्वजनिक गरिने घोषणापत्रमा मधेशको समग्र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखिएको पार्टीको दाबी छ । रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य संरचना निर्माण, लगानीमैत्री वातावरण र सुशासन जस्ता विषयलाई मुख्य एजेन्डा बनाइएको बताइएको छ ।
यादवले मधेशमा बढ्दो बेरोजगारी, कृषि उत्पादनको स्थिर अवस्था र आधारभूत सेवाको कमजोर प्रवाहलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको स्पष्ट पारे । उनका अनुसार मधेशको आर्थिक रूपान्तरणबिना राष्ट्रिय समृद्धि सम्भव नहुने दृष्टिकोणले घोषणापत्र तयार पारिएको हो ।
सभास्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । बाहिरी जिल्लाबाट आउने सहभागीका लागि यातायात तथा अन्य व्यवस्थापनसम्बन्धी तयारी पनि भइसकेको आयोजकले जनाएको छ ।
साभार : काठमाडौं प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
10 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
10 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह