Janakpurdham
Tue, Oct 13, 2026
`

निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,फाल्गुन ७ गते । मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार आज दिउँसो करिब १:३५ बजे स्थानीय रामविश्वास रामका छोरा करिब १५ वर्षीय आकाश रामले घरदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको निर्माणाधीन मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु खोलेर हेर्दा पेस्तोल भेटेका थिए।

उक्त पेस्तोल नक्कली भएको ठानी चलाउने प्रयास गर्दा अचानक पड्किँदा आकाशको दाहिने हातको पन्जामा गोली लागेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायव उपरीक्षक सरोज राईको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। 

घाइते बालकलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि ल्याइएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ।

प्रहरीले घटनास्थलबाट थान–१ पेस्तोल तथा पड्किएको खोका पेस्तोलमै अड्किएको अवस्थामा बरामद गरेको जनाएको छ।

उक्त स्थान अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट करिब १ किलोमिटर पूर्व तथा जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्ने बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

19 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

19 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले