Janakpurdham
Tue, Oct 13, 2026
`

निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन ९ : प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ। निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ।

आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा ढुवानी नियमित रूपमा जारी छ। राजधानीभित्रका मतदान केन्द्रमा समेत केही दिनमै मतपत्र पु¥याइने तयारी गरिएको छ।

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा बढी मतपत्र छपाइ गरी प्याकिङसहित पठाइसकिएको आयोगले जनाएको छ। समानुपातिकतर्फ पनि दुई करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

मतपत्र बाहेक आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये अधिकांश ढुवानी पूरा भइसकेको छ, जसले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाएको आयोगको दाबी छ।

मतपत्र छपाइ भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगको क्यालेण्डरअनुसार चरणबद्ध रूपमा गरिएको थियो। पुस महिनादेखि सुरु भएको छपाइ प्रक्रियाअन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि झन्डै ११ लाख नमूना मतपत्र समेत तयार गरिएको थियो।

निर्वाचन नजिकिँदै जाँदा आयोगले सुरक्षा, सामग्री व्यवस्थापन तथा मतदान केन्द्र तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

17 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

17 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले