Janakpurdham
Tue, Oct 13, 2026
`

दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन १६ : दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने भएका छन्।

विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गर्न र हालको समयमा दुवै विमानस्थलमा नजान सूचना जारी गरेको  छ। 

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न गरिएको कदम हो।’

यसैबीच, काठमाडौंमा रहेको नेपाल नागरिक उड्डययन प्राधिकरणले मध्यपूर्वमा उत्पन्न हालको हवाई क्षेत्र प्रतिबन्धलाई नजिकबाट अवलोकन  गरिरहेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरिरहेको जनाएको छ। 

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘हामी काठमाडौंमा सेवा दिइरहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग नजिकबाट समन्वयमा छौं । अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै तत्काल समस्या भए त्यसको जानकारी समयमै अपडेट गरिनेछ।’

प्राधिकरणले यात्रुहरूलाई आफ्ना वायुसेवाका आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरेको छ ।

साभार : काठमाडौं प्रेस

 

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

17 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

17 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले