Janakpurdham
Tue, Oct 13, 2026
`

चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन थापा

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन १७ : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन नहुने बताएका छन्।

आइतबार काठमाडौं क्षेत्र नं ४ मा आयोजित नेपाली कांग्रेसको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भदौ २३ गते सन्तान गुमाएकी आमाको पीडालाई चुनावी राजनीति भन्दा माथि राख्नुपर्ने बताएका हुन्।

‘हामीलाई हामी जित्छौ भन्ने विश्वास छ, अर्कोलाई अर्को जित्छ भन्ने विश्वास छ। हामी जित्न चाहान्छौं, जित्छौ पनि कांग्रेस जित्छ, बहुमत ल्याउछ हाम्रो कुरा हो अर्को जित्दा हामी हार्छौ चुनावको जित हारको कुरा हो, तर यो चुनावमा जो जिते पनि हारे पनि एउटा हार्नु हुँदैन। को हार्नु हुँदैन भने भदौ २३ गते जसले आफ्नो सन्तान गुमायो त्यो आमा यो चुनावामा हार्नु हुँदैन,’ उनले भने।

भदौ २३ र २४ का घटनालाई लिएर राजनीतिक लाभ लिन खोजिएको आरोप लगाउँदै उनले चुनावपछि पनि पीडित परिवार एक्लो नहोस् भन्ने जिम्मेवारी सबैको भएको बताए।

‘भदौ २३ र २४ गतेको घटनालाई लिएर यहाँ थुप्रै राजनितिको दुकान खुलेको छ। पार्टी बनेका छन्, मानिसहरु जोडिएका छन्। ठिकै छ, तर त्यो चुनाव पछि त्यो आमा एक्लै हुन्छिन्,’ उनले भने।

यसैबीच, काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका युवा उम्मेदवार सचिन तिमल्सेनाले चुनाव संविधान, लोकतन्त्र र देशको भविष्यसँग जोडिएको बताए। 

‘चुनाव आउन चार दिन बाँकी छ। गगन थापा दाइले पाएको माया जत्तिकै माया मैले पनि यस क्षेत्रबाट पाएको छु, त्यसका लागि धन्यवाद। यो चुनाव नेपालको संविधान, लोकतन्त्र र भविष्यका लागि अत्यन्त महत्वपूर्ण छ,’ उनले भने।

साभार : काठमाडौंं प्रेस

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

17 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

17 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले