Janakpurdham
Tue, Oct 13, 2026
`

नेपाल–भारतका लाखौं श्रद्धालुबीच १५ दिने ‘मानव महाकुम्भ’ मिथिला मध्यमा परिक्रमा सम्पन्न

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, फाल्गुन १९ गते । नेपाल र भारतका लाखौं श्रद्धालुको सहभागितामा सम्पन्न १५ दिने ‘मानव महाकुम्भ’ भनेर चिनिने मिथिला मध्यमा परिक्रमा आज समापन भएको छ। यस विशाल धार्मिक यात्रामा सहभागी भक्तजनहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल भारत खुला सीमा संवाद समूह र क्लथ बैंक नेपालको संयुक्त आयोजनामा विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा सहायता कक्ष सञ्चालन गरिएको थियो।

आयोजकहरूका अनुसार, परिक्रमा मार्ग अन्तर्गत नेपालतर्फ पर्ने नौवटा मुख्य विश्राम स्थलहरूमा श्रद्धालुहरूका लागि स्वास्थ्य शिविर, सहायता कक्ष, र निःशुल्क चिया-पानीको व्यवस्था गरिएको थियो।

शिविर व्यवस्थापन तथा मेडिकल टोली

यस शिविरको सफल सञ्चालनमा विभिन्न व्यक्ति र संघ-संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको थियो। शिविर व्यवस्थापनको मुख्य जिम्मेवारी कृष्ण कुमार साहले सम्हालेका थिए भने धनेश्वर ठाकुर, रुबी झा र मनिष श्री ओमको विशेष सहयोग रहेको थियो। सम्पूर्ण कार्यक्रमको नेतृत्व र समन्वय संस्थाका केन्द्रीय अध्यक्ष राजिव झाले गरेका थिए।

श्रद्धालुहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि अजय दास, दिलीप मिश्र र डा. अजय मिश्रलगायतको टोलीले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए। यस कार्यमा संस्थाका कार्यकारी सदस्यहरू सञ्जीव झा, बाल अधिकारकर्मी आदित्य झा र अनुपम झाले पनि सक्रिय रूपमा सहभागी भई सहयोग पुर्‍याएका थिए।

त्यसैगरी, शिविरमा आवश्यक पर्ने औषधिको व्यवस्था जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का वडा सचिव सुनिल गुप्ता तथा मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालयले गरेका थिए।

विशिष्ट व्यक्तिहरूद्वारा शिविरको अवलोकन

उक्त शिविरहरूको मधेश प्रदेशका माननीय सभामुख, धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झा, विभिन्न राजनीतिक दलका नेता, पत्रकार र स्थानीय बुद्धिजीवीहरूले अवलोकन गर्दै आयोजकहरूको यस पुण्य कार्यको प्रशंसा गरेका थिए।

करिब २० देखि २५ लाख भक्तजनहरू सहभागी हुने यस परिक्रमामा यस्ता स्वास्थ्य शिविरले श्रद्धालुहरूलाई ठूलो राहत दिएको सहभागीहरूले बताएका छन्।

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

17 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

17 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले