Janakpurdham
Tue, Oct 13, 2026
`

सर्लाहीमा दश किलो गाँजासहित युवक पक्राउ

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

सर्लाही, फागुन ३० : सर्लाहीमा दश किलो गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका–११ बाहुनीटोल निवासी २१ वर्षीय सोम तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई बिहीबार राति जिल्लाको लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोरतर्फ जाने सडकखण्डबाट गाँजासहित पक्राउ गरिएको हो।

उक्त स्थानमा उनले चलाएको बा४७प ८६६४ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको पछाडि सिटमा बाँधेर ल्याइएको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो ४१४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

साभार ः काठमाडौं प्रेस

 

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

14 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

14 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले