रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो, ४८ जना महिला र ९ पुरूष
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत १ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय सचिवालयको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ।
आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए। उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बुझाउने निर्णय गरिएको बताए।
उनका अनुसार सूचीमा खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना र थारु ४ जना गरी कुल ५७ जना समावेश छन् । उक्त सूचीमा कानुनी प्रावधानअनुसार ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको उनले जानकारी दिए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको थियो। समानुपतिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली निर्वाचन आयोगलाई उपलब्ध गराउने निर्णय गरेका छौं,’ उनले भने, ‘आज नै तोकिएको समय सिमामा नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गर्यौं । जसअन्तरगत खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ४ जना गरी ५७ जना र यसमा विधिले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष रहनु भएका छन्।’
प्रवक्ता झाले नामावली निर्वाचन आयोगको कार्यालयमा बुझाएपछि आयोगले रुजु तथा भेरिफिकेसन प्रक्रिया पूरा गर्ने र त्यसपछि मात्र आधिकारिक रूपमा नामहरु सार्वजनिक गर्ने बताए।
‘राजनीतिक तथा कानुनी प्रक्रिया अन्तर्गत आयोगले अनुमोदन नगरेसम्म ती नामहरू हाम्रो तर्फबाट प्रस्तावित सूची मात्र हुने भएकाले आयोगले सार्वजनिक गर्ने निर्णयको प्रतीक्षा गर्नेछौं,’ उनले भने।
स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए।
साभार : काठमाडौं प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
7 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
7 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह