Janakpurdham
Tue, Oct 13, 2026
`

चैत्र ७ गतेबाट पिएम कप क्रिकेट सुरु हुने

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत्र २ गते । जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आउँदो चैत्र ७ गते शनिवारदेखि पिएम कप क्रिकेट सुरु हुने भएको छ । 

राष्ट्रिय स्तरको सो प्रतियोगिताको उद्घाटन खेलदेखि १७ वटा खेल सोही रङ्गशालामा हुने जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ ।

एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालका ७ प्रदेशका ७ टिम तथा तीन वटा विभागीय टिम गरी कूल १० टिमको सहभागिता रहने आयोजक नेपाल क्रिकेट सङ्घले जनाएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा उद्घाटन खेल हुनेछ भने फाइनल खेल मधेश प्रदेशकै पर्सा जिल्लाको नारायणी रङ्गशालामा हुने भएको छ ।

नेपाल क्रिकेट संघका अनुसार पिएम कपमा १९ वटा खेल वीरगन्जमा रहेको नारायणी रङ्गशालामा हुने छन् भने १० खेल काठमाडौँमा हुने छन् । 

नेपालका सबै राष्ट्रिय मिटका खेलाडीहरू सहभागी हुने प्रतियोगिता ५० ओभरको हुने भएकाले यसले खेलाडीमा लामो समयसम्म खेल्ने क्षमताको विकास हुने विश्वास नेपाल क्रिकेट सङ्घको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

14 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

14 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले