Janakpurdham
Mon, Jul 13, 2026
`

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतका दुवै खेल वर्षाको कारण रद्द भएका छन् ।

शनिबार प्रतियोगिताको उद्घाटन खेल मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुने खल तालिका थियो भने दोस्रो खेल वीरगञ्जमा हुने तय थियो ।

जनकपुरधाममा खेल सुरु नहुँदै मधेस प्रदेश र कोशी प्रदेशबीचको खेल रद्द भएको छ भने वीरगञ्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भए पनि वर्षा सुरु भएपछि खेल रद्द भएको आयोजकले नेपाल क्रिकेट सङ्घले जनाएको छ । दुवै खेल रद्द भएपछि चारवटै टिमलाई एक एक अंक प्राप्त गरेको छ ।

आइतबार जनकपुरधाम र वीरगञ्जमा खेल नहुने तालिका रहेको छ । सात वटा प्रदेशका ७ टिम र ३ वटा विभागीय टिम गरेर कूल १० टिमको सहभागी रहेको प्रतियोगिता यस पटक मधेस प्रदेशको जनकपुरधाम र वीरगञ्ज तथा काठमाडौँमा हुँदैछ । अंक तालिकाको शीर्ष २ मा रहने टिमबीच फाइनल खेल हुनेछ । फाइनल खेल पर्साको वीरगञ्जमा हुने तालिका छ ।

यसैबीच जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिताको उद्घाटन गर्दै मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री बसन्त कुशवाहाले रंगशालाको डिपिआर तयार भएको र शुरुआती चरणको काम गर्न लागि २ अर्ब ७५ करोड रकम आवश्यक भएको बताउनुभयो । उहाँले भारत सरकारले १ अर्ब ६० करोड तथा बाँकी संघ, प्रदेश तथा स्थानीय तहको श्रोत जुटाउने र श्रोतको सुनिश्चितता भए टेन्डरको प्रक्रियामा जाने बताउनुभयो ।

साभार: रेडियो नेपाल

`
12 comments
स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..

21 घन्टा पहिले

प्रहरीले पक्राउ गरेर घर पुर्याएपछि दुर्गा प्रसाईँले– य..

काठमाडौं, असार २८ : राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आ..

21 घन्टा पहिले

आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु 

काठमाडौं, आसर २७ : काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ।  शनिबार ..

1 दिन पहिले

‘गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ’

काठमाडौं, असार २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्द..

3 दिन पहिले

गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे– घटनास्थलमा कुन..

काठमाडौं, असार २६ : गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् । रा..

3 दिन पहिले