Janakpurdham
Tue, Oct 13, 2026
`

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली लगाएका किसानहरूलाई पनि ठूलो राहत मिलेको हो ।  

खास गरेर आँप फुलेर दाना लाग्ने बेला भएको बेला वर्षाले आँपलाई ठूलो फाइदा पुगेको धनुषाको दिगम्बरपुरमा व्यवसायी आँप खेती गर्दै आउनुभएका रामसेवक महातो बताउनुभयो । गएरातिको हावाहुरीका कारणले आँपको फुलहरू अलि अलि झरे पनि त्यसपछिको वर्षाले ठूलो फाइदा पुगेको उहाँले जानकारी दिनुभयो । 

मधेश प्रदेशका जिल्लाहरूमा अत्यधिक मात्रामा आँपको उत्पादन हुने गरेको छ । मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाहरूमा आँपको खेती अत्यधिक मात्रामा हुने गरेको छ । 

यस पटक आँपको फूल पनि अधिक मात्रामा लागेकाले आँपको उत्पादन दुई गुणाले बढ्ने अनुमान गरिइएको वेलामा गएराति देखिको वर्षाले आँपलाई निक्कै ठूलो फाइदा पुगेको छ । 

मधेश प्रदेशको सिरहा, सप्तरी तथा धनुषा जिल्लामा माल्दह, मुम्बई, जर्दा, आम्रपाली, आम्रमल्लीका सहितका जाँतको आँप अत्यधिक मात्रामा उत्पादन भएर नेपालका ठूला शहरहरुमा निर्यात हुने गरेको छ । 

यसका साथै वर्षाका कारणले अन्य फलफूल तथा तरकारी बालीलाई पनि फाइदा पुगेको छ । लामो समयसम्म वर्षा नभएका कारणले खेतहरू सुख्खा हुनुका साथै लगाएका तरकारी वाली सुक्न थालेका थिए ।   

साभार : रेडियो नेपाल

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

16 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

16 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले