Janakpurdham
Tue, Oct 13, 2026
`

तराई मधेशमा चैते छठ शुरु

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर्वक पूजा गरेर मनाइने चैते छठ आजदेखि शुरु भएको छ ।

चैते छठ अन्तर्गत व्रतालुहरूले आज नहाखा गरेका छन् । घर नजिक रहेका नदी तथा जलासयमा स्नान गरेर चोखो खाने कुरा खाने भएकाले यसलाई नहाखा वा अरवे अरवाईन पनि भनिन्छ ।

छठ पर्व गर्ने व्रतीहरू एक महिना अगाडीदेखि नै अपवित्र मानिएका माछा, मासु, लहसुन, प्याज, कोदो, मुसुरोको दाल सहितका कतिपय खाद्यान्न परित्याग गर्ने चलन रहे पनि आजदेखि निक्कै शुद्धिपूर्वक बस्ने गर्दछन् । 

भोली खरना विधि हुने छ । यस दिन व्रत गर्ने व्रतीहरू दिनभरि निराहार बसेर साँझ पख आफैले गुण तथा चावल मिसाइएको खिर, रोटी, मिष्ठान्न, केला सहितका प्रसाद छठी मैयाँलाई अर्पण गरेर प्रसादको रुपमा वितरण गरि आफै पनि नुनरहित सोही प्रसाद सामाग्री ग्रहण गर्ने चलन रहेको छ ।

पर्सि अर्थात् षष्ठी तिथिका दिन अस्ताउन लागेका सूर्यलाई पहिलो अर्घ तथा सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पर्वको समापन गर्ने चलन रहेको छ । यसमा प्रयोग हुने सामाग्रीहरू ठेकुवा, भुसवा, अदुवा, उखु, बेसार, सुथनी, फलफूल तथा अन्य मिष्टान्नहरू अर्पण गर्ने चलन रहेको छ ।  

मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा वर्षको दुई पटक छठ पर्व मनाइने चलन रहेको छ । शरद ऋतुको छठ कार्तिक महिनामा मनाइन्छ भने गृष्म ऋतुको छठ चैत्र महिनामा मनाउने चलन रहेको छ । शरद ऋतुमा हुने छठ मनाउनेहरूको संख्या अधिक भएपनि गृष्म ऋतुको छठ मनाउनेको संख्या कम रहेको छ । तर विगत केही वर्ष यता चैते छठ गर्नेहरुको सङ्ख्यामा क्रमशः वृद्धि हुन थालेको छ ।

सन्तान प्राप्ति, पारिवारिक कल्याण, सुख शान्ति तथा समृद्धिको कामना सहित छठ पर्व मनाउने चलन रहेको छ । सूर्यको उदाउँदो तथा अस्ताउँदो दुवै स्वरूपको पूजा गर्ने र यसमा प्रयोग हुने प्रसाद सामाग्रीहरू किसानले उत्पादन गरेका सामाग्रीहरू नै हुने गरेको छ ।

 

साभार: रेडियो नेपाल 

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

14 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

14 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

3 दिन पहिले