Janakpurdham
Tue, Oct 13, 2026
`

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिएका छन् । 

चैत शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने यो पर्वलाई आज साँझको आराधनालाई ‘सँझिया घाटे’ पनि भन्ने गरिन्छ । आज साँझ व्रतालुहरू नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयमा तयार पारिएका छठ घाटमा पुगेर सूर्य भगवान् र छठी मातालाई अर्घ दिएका छन् ।

वीरगञ्जको घडीअर्वा पोखरी, नगवा, छपकैया, मुर्ली लगायतका प्रमुख छठ घाटहरूमा आज साँझ ठुलो सङ्ख्यामा व्रतालुहरूको उपस्थिति रहेको थियो । 

अर्घका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिँगडा, उखु लगायतका फलफूल तथा प्रसादहरू तयार पारिएको थियो ।

चैती छठको अन्तिम दिन भोलि बिहान व्रतालुहरूले नदी, पोखरी अथवा तालमा प्रवेश गरेर अस्ताउँदो सूर्यलाई अध्र्य चढाएपछि यो पर्व बिधिवत रुपमा सम्पन्न हुने गर्दछ । 

यसैबिच वीरगञ्जको रानीघाटस्थित सिर्सिया (सरिसवा) नदीको पानी प्रदूषित र दुर्गन्धित भएपछि त्यस क्षेत्रका चैती छठ पर्वमा सहभागी व्रतालुहरू कृत्रिम कुण्डमा अर्घ्य दिन बाध्य भएका छन् ।

नदीको पानी स्वास्थ्यका लागि प्रतिकूल बनेपछि रानीघाट छठ पूजा व्यवस्थापन समिति रानीघाटले स्थानीयको सहयोगमा निर्माण गरेको कृत्रिम कुण्डमा प्रवेश गरेर छठ व्रतालुहरूले अर्घ्य दिएका हुन् । 

सिर्सिया नदीमा स्वच्छ पानीको अभावले व्रतालुहरूले परम्परागत रूपमा घाटमा गएर अर्घ्य दिने चलन छाड्नुपरेको छ । समितिका अध्यक्ष रञ्जन सिंह राजपूतले वीरगञ्ज महानगरपालिका र नदी प्रदूषण गर्ने उद्योगहरूलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

समितिका उपाध्यक्ष विकास साहले सिर्सिया नदी नालामा परिणत भइसकेको आरोप लगाउँदै उद्योग सँगसँगै नदीसँगै जोडिएका घरहरूले ढल र शौचालयको पानी नदीमा मिसाएको कारण पनि नदी प्रदूषित भएको बताउनुभयो । 

वीरगन्ज महानगरपालिकाले समय–समयमा नदीलाई सफाइ नगरिदिँदा र उद्योगहरूमाथि कारबाही नगर्दा यस्तो अवस्था सृजना भएको गुनासो साहले गर्नुभयो । 

चैती छठ पर्व आइतबार ‘नहाय खाय’ विधिबाट सुरु भएको थियो । सोमबार ‘खरना’ विधि सम्पन्न गरेका व्रतालुहरूले मङ्गलवारदेखि निराहार व्रत जारी राखेका छन् ।

सत्य, अहिंसा र सबै प्राणीप्रतिको सहानुभूति जगाउने तराई–मधेसको महान् चाड छठ वर्षमा दुई पटक (कात्तिक र चैत) मनाउने गरिन्छ । 

पछिल्लो समय चैती छठ मनाउनेहरूको सङ्ख्या निरन्तर बढ्दै गएको छ । यो पर्व विशेष गरी तराईका बारा,पर्सा रौतहट,सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा भव्य रुपमा मनाउने गरिन्छ । 

 

साभार: रेडियो नेपाल 

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

12 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

12 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले