Janakpurdham
Tue, Oct 13, 2026
`

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सहमति

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले हराएका सीमा स्तम्भहरूको पुनः निर्माण गरिने भएको छ ।

मधेश प्रदेशका ८ जिल्लाका साथै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नापी कार्यालय तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुखहरूको सहभागितामा भारतको विहार राज्यको रक्सौलमा आज भएको संयुक्त बैठकले सो निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

भारतका पूर्वी चम्पारन जिल्लाका जिल्ला अधिकारीसहित सुरक्षा निकाय तथा सर्भे अधिकारीहरूको सहभागितामा २०७६ सालपछि भएको आज भएको बैठकले हराएका सीमा स्तम्भहरूको दुवै देशका सुरक्षा अधिकारी सहितका निकायले एकिन गरेर पुनः निर्माण गर्ने निर्णय भएको छ ।

मधेश प्रदेशका ८ जिल्लामा नेपाल भारतलाई छुट्टाउनका लागि साना तथा ठूला गरेर ५ हजार ३ सय १२ सीमा स्तम्भ छन्, जसमध्ये ४ सय ८५ सीमा स्तम्भ ठूला आकारका छन् ।  

हराएको सीमा स्तम्भको एकिन भएपछि दुवै देशको सहमतिमा शीघ्र प्रक्रियाद्वारा पुनः निर्माण गर्ने बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।

बैठकमा नेपाली पक्षको नेतृत्व सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो भने भारतीय पक्षका नेतृत्व पूर्वी चम्पारन जिल्लाका जिल्ला अधिकारीले गर्नुभएको थियो । 

 

साभार : रेडियो नेपाल

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

13 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

13 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले