Janakpurdham
Tue, Oct 13, 2026
`

पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णाली प्रदेश विजयी भएका छन् । 

पर्साको नारायणी रङ्गशालामा सुदूरपश्चिम तथा मधेश प्रदेश बीचको खेलमा मधेशले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो । सुदूरपश्चिमले पहिलो व्याटिङ्ग गर्दै १ सय ६१ रन बनाएको थियो । मधेश प्रदेशले ३८.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । ओपनर व्याट्स म्यान मयन यादव र कप्तान अनिल शाह समान १३ रन जोडेर आउट हुँदा हिंमान्सु दक्तले खाता नखोली आउट भएका थिए ।

४३ रन जोड्दा मधेशले ३ विकेट गुमाएका थिए त्यसपछि पवन सर्राफले २१ रन जोडेका थिए । पाँचौँ विकेटको लागि अरनिको यादव र मोहम्मद आदिल अलामले ५३ रनको साझेदारी गरेपछि मधेश विजयी यात्रा तर्फ अगाडी बढेका थिए ।  

आदिल ३० बलको सामना गर्दै २ चौका र २ छक्का सहित ३४ रन जोडेर आउट भएका थिए । अरनिको यादवले अविजित ४६ रन बनाउँदै मधेशलाई जित दिलाएका थिए । रूपेश सिंह अविजित १६ रनमा बनाएका थिए ।

सुदूरपश्चिमका अशोक धामीले ७ ओभरमा १ मेडन सहित २६ रन दिएर ३ विकेट र शेर मल्लले भने २ विकेट लिएका थिए । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.२ ओभरमा सङ्घर्ष गर्दै १ सय ६० रन बनाएका थिए ।

खराब सुरुवात गरेको सुदूरपश्चिमको इनिङ्सलाई कुनै पनि खेलाडीले सम्हाल्न सकेनन् । ५९ रन जोड्दा ३ विकेट गुमाउने क्रममा ओपनर राजु रिजाल ९ रनमा, खड्ग बोहरा ७ रनमा र अर्का ओपनर अभिषेक पाल ३३ रनमा आउट भएका थिए । अभिषेक नै टोलीका लागि ४५ बल खेलेर ५ चौका सहित सर्वाधिक ३३ रन जोडेका थिए ।

किरण ठगुन्ना र नारायण जोशीले समान २३ तथा अशोक धामी अविजित १९ रन बनाएका थिए । सुदूरका ४ खेलाडी बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा अरनिको यादवले ७ ओभर २ बलमा २ मेडन सहित २५ रन दिएर ३ विकेट लिएका थिए । प्रदीप पासवानले २ विकेट लिएका थिए । यसै बीच जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा कर्णाली र कोशी प्रदेशका बीचमा भएको खेलमा कर्णाली जितेको छ । सुरुमा व्याटिङ्ग गरेका कर्णालीले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १५१ रन बनाएका थिए ।

१५२ रनको लक्ष्य सहित खेल मैदानमा आएका कोशी प्रदेशले ४४.४ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनाएर १६ रनले पराजित भएका छन् । 

 

साभार : रेडियो नेपाल 

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

12 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

12 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

2 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

2 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले