यस पटक दक्षिण एसियाकै उत्कृष्ट सदन प्राप्त गरेको छौं : सांसद झा
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले चुनावमा जाँदै गर्दा केवल मत माग्न होइन्, साउथ एसियाको बेष्ट प्रतिनिधिको कल्पना गरेर होमिएको भन्दै त्यो परिकल्पना पूरा भएको बताए । अब अभ्यास ,संस्कृति र सिद्धान्तको पालो आएको उनको भनाई छ।
‘चुनावमा जाँदैगर्दा मतदातालाई भनेको थियौं–हामी केवल मत माग्न आएको छैनौं, साउथ एसियाको बेष्ट प्रतिनिधि सभाको कल्पना गरेर चुनावमा होमिएको छौं भनेर भनेका थियौं। आज सदनमा सबै सहकर्मी वा सहयात्री र ,प्रतिनिधिसभा सदस्यहरुज्यूहरुलाई हेर्दा लाग्छ दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन थियो त्यो पूरा भएको छ । अब अभ्यासको ,संस्कृति र सिद्धान्तको पालो आएको छ,’ उनले भने।
त्यस्तै उनले यो भन्दा अगाडि सदन धेरैचोटी खुमलटार, बालुवाटार ,बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बसेको स्मरण गरे। अब सदन सिद्धान्तको हुनेगरी प्रस्तुत गर्ने पालो आएको उनको भनाई छ।
सांसद झाले सदनमा सत्ता पक्ष बलियो हुँदै गर्दा दम्भ देखाउने भन्दापनि उदारता ,संस्कार र सिद्धान्त देखाउनुपर्ने तर्क राखे।
साभार : काठमाडौं प्रेस
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
5 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
6 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
1 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
1 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह