Janakpurdham
Sun, Sep 20, 2026
`

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञसहितको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’लाई पूर्णता दिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो।

पार्टीले नेपालको संविधान २०७२ सालमा संविधानसभामार्फत जारी भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा, कार्यान्वयन र समयानुकूल संशोधन नेपाली कांग्रेसको मूल दायित्व भएको जनाएको छ।

कांग्रेसले संविधानलाई गतिशील र परिवर्तनशील दस्तावेज भन्दै नागरिक भावना, सुशासन, प्रभावकारी सेवा प्रवाह, संघीयता कार्यान्वयन तथा समावेशितालाई थप सुदृढ बनाउन आवश्यक संशोधनको आवश्यकता औंल्याएको छ।

समितिले संविधान निर्माणका क्रममा भएका आन्दोलन, विभिन्न समुदायका माग, संघीयता कार्यान्वयनमा देखिएका चुनौती, सुशासन तथा प्रतिनिधित्वसँग सम्बन्धित विषय, साथै पार्टीको प्रतिज्ञापत्रमा उल्लेखित संविधान संशोधनका एजेण्डाको अध्ययन गर्नेछ।

समितिमा वरिष्ठ अधिवक्ता र कानुनविद्हरूलाई सदस्यका रूपमा समावेश गरिएको छ भने अधिवक्ता राजु कटुवाल सदस्य सचिव रहेका छन्।

कांग्रेसले समितिको सुझावका आधारमा संविधान संशोधनबारे आफ्नो स्पष्ट धारणा निर्माण गर्दै अन्य राजनीतिक दल, नागरिक समाज, विशेषज्ञ तथा सरोकारवालासँग राष्ट्रिय संवाद अघि बढाउने जनाएको छ।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

4 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

4 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले