Janakpurdham
Sat, Jun 20, 2026
`

प्लान इनटुनेशनलको परियोजना वैठक सम्पन्न , भएका प्रगतिवारे छलफल

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम , वैशाख ९ गते । प्लान इन्टरनेशनल नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको परियोजना वैठक आज जनकपुरधामा सम्पन्न भएको छ ।

  सो वेठकमा परियोजना अन्र्तगत जानकी महिला जागरण समाज तथा सर्पोट नेपालको साझेदारी कार्यक्रम अन्तर्गत धनुषाका सवैला नगरपालिका तथा शहिद नगरपालिकामा भएगरेको कार्य प्रगतिवारे छलफल भएको थियो ।

  समुदाय केन्द्रित सशक्तिकरण परियोजना अन्र्तगत सवैला नगरपालिमा ६० जना वालिकालाई आपतकालीन अवस्थामा पर्नसक्ने असर तथा जोखिम वाट वच्ने उपायवारे सचेतना कार्यक्रम संचालन गरी भएको उपलव्धी तथा भटियनका मधुकुमारी साहलाई व्यटीपार्लर सम्वन्धी दिएको तालिम तथा पसल संचालनका लागि रु एक लाख वरावरको दिएको सामाग्रीवाट भएको विक्री तथा रोजगारीका सम्वन्धमा समेत जानकारी गराइएको थियो ।

 साथै शहीदनगर नगरपालिकामा आमा समूह अन्र्तगत दलित सुत्केरी महिला र तीनका वालवालिको हेरचाह , न्युट्रेशन , खानपानका साथै विषादीरहित किचेन गार्डेनवारे दिएको तालिम तथा वितरण गरिएको तरकारी विउ तथा त्यसवाट भएको उपलव्धीका सम्वन्धमा छलफल भएको थियो ।

 त्यस्तै सहिद नगरपालिकाको महुलियामा वालिकाहरुलाई दाइजो विरुद्द तथा सामाजिक संजालको सदुपयोग र वालविवाह वारे दिएको सचेतना कार्यक्रका सम्वन्धमा भएको प्रगति तथा परेको प्रभावको समेत समिक्षा भएको थियो ।  

  सो वैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहालले नेपाल सरकारको उदेश्य तथा लक्ष्यलाई पुरागर्न गैरसरकारी संस्स्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेखगर्दे जानकी महिला जागरण समाज तथा सर्पोट नेपाल लगायतका गैरसरकारी संस्थाहरुले युवायुवतीहरुलाई रोजगारमूलक तथा शिक्षामूलक सचेतना तालिम दिएर रोजगारी प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

 

 जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले गैरसरकारी संस्थाहरुले पालिकाहरुको समन्वयमा शिक्षा , स्वास्थ्य , सरसफाई तथा चेतनामूलक कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि वढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

त्यस्तै कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवले गैरसरकारी संस्थाहरुले आर्थिक तथा सामाजिकरुपले पछिपरेका समूदायलाई आत्मनिर्भर वनाउनेतर्फ जोडदिनुपर्ने आग्रह गर्नुभयो ।

 सो असरमा पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामतले लगायतका सरोकारवालाहरुले रोजगारीको अभावमा युवायुवतीहरु अपराधिक क्रियाक्लाप तथा लागू औषधमा लागेकोले तिनीहरुलाई चेतनामूलक तथा रोजगारमूलक तालिमको आवश्यक्ता रहेको उल्लेखगर्दे प्लान इन्टरनेशनलले धनुषाका पाँचवटा पालिकाका युवायुवतीलाई क्षमता अभिवृद्दि तथा रोजगारमूलक तालिम दिनु सराहनीय कार्यभएको छ भन्नुभयो । 

 प्लान इन्टर नेशनल नेपालले सन् १९७८वाट नेपालमा कार्यगर्दे आएको छ । हाल आफना साझेदार संस्थाहरु मार्फत मधेश प्रदेशको चार जिल्ला सहित १३ जिल्लामा कार्यगर्दे आएको छ । सो संस्थाले धनुषा जिल्लाको विदेह नगरपालिका , जनकनन्दिनी गाउँपालिका , शहिद नगरपालिका , कमला नगरपालिका तथा सवैला नगरपालिकामा लैगिक समानता तथा भौतिक पूर्वाधार निमार्ण सम्वन्धी विभिन्न कार्यगर्दे आएको प्लान इन्टरनेशनलका कार्यक्रम विद्द मिहिरकुमार झाले जानकरी दिनुभयो । यसअघि उक्त दुवै पालिकामा भएको कार्यको जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल , उपप्रमुख संगिता ठानकुर , सहायक प्रमुख अधिकारी उमेश दाहल सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको थियो ।

`
12 comments
प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पार..

काठमाडौं, असार ५ : प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा..

3 घन्टा पहिले

गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको ब..

2 दिन पहिले

कुर्थामा ६ दिने स्वास्थ्य तथा सरसफाई तालिम सम्पन्न

जनकपुरधाम, असार ४ गते ।  जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ द..

2 दिन पहिले

ई–पासपोर्ट ठेक्का प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं, असार ३ : विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्..

2 दिन पहिले

गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँ..

काठमाडौं, असार ३ : नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजक..

2 दिन पहिले