
पर्साबाट प्रदेशसभामा कांग्रेस ३, जसपा २, माओवादी, लाेसपा र स्वतन्त्र एक-एक विजयी
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

वीरगञ्ज । पर्सा जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो । निर्वाचित हुनेमा १ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी, २ (क) मा नेपाली काँग्रेसका श्याम पटेल, २ (ख) मा लोसपाका रमेश कुर्मी, ३ (ख) मा नेपाली काँग्रेसका जनार्धन सिंह क्षेत्री र ४ (क) मा नेपाली काँग्रेसका शङ्कर चौधरी रहनु भएको छ ।१ (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले एमाले–जसपा गठबन्धनका एमालेका उम्मेदवार विचारी यादवलाई पराजित गर्नु भएको हो भने २ (क) मा नेपाली काँग्रेसका श्याम पटेलले एमाले–जसपा गठबन्धनका जसपामा रामनरेश यादवलाई पराजित गर्नु भएको हो ।त्यस्तैगरी, २ (ख) मा लोसपाका रमेश कुर्मीले स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहलाई पराजित गर्नु भएको हो । त्यसरी नै ३ (ख) मा नेपाली कांग्रेसका जनार्धन सिंह क्षेत्रीले एमाले–जसपा गठबन्धनका जसपाकी उम्मेदवार मधु गुप्तालाई पराजित गर्नु भएको हो ।त्यस्तैगरी, ४ (क) मा नेपाली कांग्रेसका शङ्कर चौधरीले एमाले–जसपा गठबन्धनका एमालेका उम्मेदवार जयप्रकाश थारुलाई पराजित गर्नु भएको हो । जसपाका यादव र एमालेका थारु पार्टीको जिल्ला अध्यक्ष हुनुहुन्छ । पर्साको प्रदेश सभा तर्फकै २ स्थानमा जसपा र १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी हुनु भएको छ । पर्साको १ (ख) मा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार मोहम्मद लालबाबु राउत गद्दी र ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी हुनु भएको हो । १ (ख) मा निर्वाचित लालबाबु राउत गद्दी, २ (ख) मा उम्मेदवार रमेश कुर्मी , ४ (क) मा निर्वाचित शङ्कर चौधरी र ४ (ख) मा निर्वाचित सिहासन साह कलवार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको हो भने रहबर अन्सारी, श्याम पटेल , जनार्धन सिंह क्षेत्री र प्रमोद जयसवाल गरी ४ जना नयाँ अनुहार थपिनु भएको छ । साभार : गोरखापत्र

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
8 घन्टा पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
8 घन्टा पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले