डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
सुर्खेत, असोज ८ : डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन् ।
नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल राज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए। सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए ।
जुफाल विमानस्थल प्रमुख मुकुन्द पौडेलले अवतरणका क्रममा जहाजको पछाडिको पाङ्ग्रा खुस्किएको बताए। जहाज धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजमा सामान्य समस्या देखिएको र सबै यात्रु सकुशल रहेको बताइन्। जहाजको प्राविधिक जाँच तथा आवश्यक मर्मतका लागि हेलिकोप्टरमार्फत इन्जिनियर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख पौडेलले जानकारी दिए ।
जहाजमा पाङ्ग्रासम्बन्धी समस्या देखिए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
साभार ः काठमाडौं प्रेस
एमालेले विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउने
काठमाडौं, असोज ८ : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ । बिह..
2 घन्टा पहिले
डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो
सुर्खेत, असोज ८ : डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्कि..
2 घन्टा पहिले
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
1 दिन पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
1 दिन पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले