Janakpurdham
Sun, Sep 20, 2026
`

सुकुम्बासी बस्तीमा प्रदर्शन, सत्ताको आडमा ‘डोजर आतङक’ बन्द गर्न माग

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख ११ : सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ।शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन्।उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए।प्रदर्शनमा पुगेकी एक जेनजी युवतीले सरकारले सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण रहेको बताइन्।

संविधानले नागरिकको आवासको हकको सुनिश्चित गरेपनि सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको उनको भनाइ थियो । ‘पूराना दलहरुले जसरी सुकुम्बासी भूमिहीनहरुलाई भोटर बैंक बनाए।  त्यसैगरी यो सरकारले पनि पूरानै दलहरुको संस्कार अवलम्बन गरिरहेको देखियो । सरकारले भूमिहीन सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण छ,’ प्रदर्शनमा पुगेकी एक युवतीले भनिन्, ‘मानव अधिकारको पनि उल्लङ्घन गरेको छ। संविधानले हरेक नागरिकको आवासको हकको सुनिश्चित गरेको छ । सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ । त्यसैले यो सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको छ।’

साभार ः काठमाडौं प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

4 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

4 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले