रेडक्रस धनुषा शाखालाई केन्द्रको कडा नोटिस, स्पष्टीकरण नदिए विघटनको चेतावनी
3 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, १२ बैशाख । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिले धनुषा जिल्ला शाखालाई वैधानिक दायित्व पालना नगरेको आरोपमा कडा स्पष्टीकरण सोध्दै जवाफ पेश गर्न निर्देशन दिएको छ ।
तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण नआए शाखा समिति नै विघटन गर्न सकिने चेतावनी दिइएको छ ।
केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत धनुषा शाखाका सभापति नरेशप्रसाद सिंहलाई सम्बोधन गर्दै सदस्यता विस्तार अभियान प्रभावकारी रूपमा सञ्चालन नगरेको, सदस्यताको अभिलेख अद्यावधिक नगरेको र संकलित शुल्क बैंक दाखिला नगरेको जस्ता गम्भीर त्रुटिहरू औंल्याएको हो ।
पत्रअनुसार, रेडक्रसको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) बमोजिम केन्द्रीय तदर्थ समितिको फागुन २४ गतेको बैठकले देशभर सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सो अभियान फागुन २५ देखि चैत २४ सम्म सञ्चालन गर्न सबै जिल्ला शाखाहरूलाई निर्देशन दिइएको थियो । यसका लागि केन्द्रीय कार्यालयले सामाजिक सञ्जाल, रेडियो तथा राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।
तर, धनुषा शाखाले उक्त अभियानमा अपेक्षित सक्रियता नदेखाएको केन्द्रको आरोप छ । सदस्यता वितरण नगरेको, सदस्यहरूको विवरण अभिलेखमा अद्यावधिक नगरेको तथा सदस्यता शुल्क बैंकमा दाखिला नगरेको जस्ता कार्यहरूले संस्थाको विधान विपरीत काम भएको केन्द्रीय कार्यालयको निष्कर्ष छ ।
केन्द्रीय कार्यालयले यसअघि पनि पटक पटक पत्राचार, टेलिफोन सम्पर्क तथा कर्मचारी परिचालनमार्फत शाखालाई आवश्यक सहजीकरण गरेको दाबी गरेको छ ।
तर, ती प्रयासहरूबाट पनि अपेक्षित सुधार नदेखिएपछि बाध्य भएर स्पष्टीकरण सोधिएको जनाएको छ ।
केन्द्रीय तदर्थ समितिको चैत १५ गते बसेको ३५०औँ बैठकले धनुषा शाखालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार, शाखाले वैधानिक दायित्व पूरा नगर्नुको कारण स्पष्ट रूपमा उल्लेख गर्दै जवाफ दिनुपर्नेछ ।
स्रोतका अनुसार, तोकिएको समयसीमाभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए धनुषा जिल्ला शाखा समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्ने प्रक्रिया अघि बढ्न सक्नेछ ।
उता, यस विषयमा धनुषा शाखाका पदाधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर, आन्तरिक विवाद र व्यवस्थापनगत कमजोरीका कारण अभियान प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको हुनसक्ने अनुमान गरिएको छ
।
साभार: टुडे आवाज

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
5 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
5 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
1 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
1 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
2 दिन पहिले