Janakpurdham
Sat, Jun 20, 2026
`

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्।

सोमबार नै बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको थियो । सोही प्रस्ताव कांग्रेस संसदीय दलको बैठकबाट पारित भएको सभापति गगन थापाले जानकारी दिए।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति थापाले संसदीय नेता चयनको प्रक्रियामा समय अलि बढि लागेकाले टिकाटिप्पणी हुनु स्वभाविक रहेको बताए।

निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भएतापनि बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा चयन हुनुपर्ने चाहना भएकाले ढिला भएको जानकारी दिए।

कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो तर सर्वसम्मत गराउन गार्हो रहेको बताउँदै सभापति थापाले ढिलो भएपनि भित्रभित्रै परिपक्क बनाएको धारणा राखे।

‘चयनको प्रक्रियामा समय अलि बढि लागेकाले स्वभाविक रुपमा टिकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो । तर यो पटक बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा होस् भन्ने थियो । कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गार्हो छ । ढिला भएपनि परिपक्व बनाइरहेका थियौं,’ उनले भने।

त्यस्तै नेता आङ्देम्बेले विगतमा पार्टी र संसदबीचको एउटा समन्वय कम भएको भन्दै अब पार्टी र संसदबीचको समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जाने प्रतिबद्धता जनाए।

‘हिजो पार्टी र संसदबीचको एउटा समन्वयात्मक बिर्सिएको जस्तो अवस्था थियो । तर आज त्यो खोजेर अगाडि बढ्नैपर्ने आवश्यक छ। पार्टी र संसदबीचको एउटा समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जान्छौं,’ उनले भने।

उनले संसदीय दलको अन्य पदाधिकारीहरुको टुंगो २४ घण्टा भित्र मै टुंगो लाग्ने जानकारी दिए 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पार..

काठमाडौं, असार ५ : प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा..

2 घन्टा पहिले

गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको ब..

2 दिन पहिले

कुर्थामा ६ दिने स्वास्थ्य तथा सरसफाई तालिम सम्पन्न

जनकपुरधाम, असार ४ गते ।  जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ द..

2 दिन पहिले

ई–पासपोर्ट ठेक्का प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं, असार ३ : विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्..

2 दिन पहिले

गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँ..

काठमाडौं, असार ३ : नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजक..

2 दिन पहिले