जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहानगरपालिकाको चेतावनी
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम , वैशाख १६ गते । दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएको छ । विशेषगरी जनकपुरधामको मासु बजारमा खसीको नाममा बाख्राको मासु बिक्री गर्ने, तथा अस्वस्थकर तरिकाले मासु तयारी गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ ।
हाल बजारमा खसीको मासु प्रतिकिलो ११०० देखि १२०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । तर, केही मासु व्यवसायीहरूले सस्तोमा किनिएको बाख्राको मासु मिसावट गरी खसीको मूल्यमा बिक्री गरेर उपभोक्तालाई ठगी गरिरहेका छन् । व्यापारीहरूले जिउँदो बाख्रा प्रतिकिलो ३००–४०० रुपैयाँमा खरिद गरी उच्च मूल्यमा बेच्ने गरेको गुनासो उपभोक्ताबाट आएको छ । जनगुनासोअनुसार मासुमा विभिन्न केमिकल प्रयोग गरेर गन्ध हटाउने, रंग परिवर्तन गर्ने र पुरानो मासु नयाँझैँ बनाइने काम हुँदै आएको छ । त्यसको असर सर्वसाधारणको स्वास्थ्यमा परेको छ । यता, जनकपुरधाम उपमहानगरपालिकाले बजारमा खसीको नाममा बोकाको मासु बिक्री भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय उपभोतmाहरुबाट बाख्राको मासुलाई खसीको नाममा बेचिरहेको गुनासो बढेपछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले बुधवार एक सूचना जारी गर्दै मासु व्यवसायीहरुलाई सचेत गराएको छ । सूचनामा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसल तथा विक्रेताहरूलाई मिसावट नगरी मासु बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।
‘खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको पाईए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ । चाडै बजार अनुगमनलाई तिव्रता दिई उपभोतmाको स्वास्थ्यसंग खेलवाड गर्ने र ठगी गर्नेलाई कानुनी दायरामा ल्याईने जनकपुरधाम उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा. अमर कुमार साहले जानकारी दिएका छन । डा.साहले उपमहानगरपालिकाले सबै सरोकारवालासँग सहकार्य गर्दै बजारमा पारदर्शिता कायम गर्ने लक्ष्य लिएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाभित्र संचालित अधिकांश मासु पसलको दर्ता छैनन् । मासुको मूल्यमा एकरूपता छैन, विक्रीका लागि कुनै मापदण्ड छैन । मासु काट्ने ठाउँ फोहोर छ । पसल, अचानो, पानी, खुकुरी, सबै दुर्गन्धित झिंगा भन्कि रहेको पाइन्छ ।
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
23 घन्टा पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
23 घन्टा पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
2 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह