Janakpurdham
Sun, Sep 20, 2026
`

मानबहादुर कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १३ : संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ ।

बुधबार बसेको समितिको बैठकले कार्कीसहित निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका अन्य दुई जनाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको हो।

समिति सभापति बोध नारायण श्रेष्‍ठले संवैधानिक परिषद्को २०८३ असार १९ गतेको निर्णयअनुसार प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका मोरङका मानबहादुर कार्कीको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियमबमोजिम सर्वसम्मत अनुमोदन गरिएको जानकारी दिए । 

त्यस्तै, निर्वाचन आयुक्त पदमा सिफारिस भएका गुरुप्रसाद वाग्लेलाई पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ। समितिले संवैधानिक परिषद्को निर्णयअनुसार वाग्लेलाई सिफारिस गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको हो ।

यसैगरी निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा.राजीव सुब्बा, काठमाडौंको नाम पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ । उनको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरिएको समितिले जनाएको छ ।

समितिले सुनुवाइका क्रममा प्रस्तावित पदाधिकारीहरूले प्रस्तुत गरेका कार्ययोजनालाई थप परिणाममुखी बनाउन निर्देशनसमेत दिएको छ । कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, उपलब्धि र कार्यान्वयनमा सहयोग पुग्ने गतिविधि समेटेर परिमार्जन गरी पुनः समितिमा पेस गर्नुपर्ने निर्णय गरिएको सभापतिले बताए ।

समितिले सुनुवाइका क्रममा प्राप्त सुझावलाई समेत समेटेर कार्ययोजना सुधार गर्न निर्देशन दिएको हो ।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

12 घन्टा पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

12 घन्टा पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

2 दिन पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

3 दिन पहिले