Janakpurdham
Sun, Sep 20, 2026
`

कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘एकता अभियान’, शीर्ष नेताहरुलाई दबाब

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन १७ : नेपाली कांग्रेसका युवा नेताहरुले फुटको संघारमा पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरु गरेका छन्। आइतबार काठमाडौंको बानेश्वरमा भेला भएका नेताहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका हुन्।

‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ नारामार्फत अभियान सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए। 

सो अवसरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीभित्र लामो समयदेखि बढ्दै गएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बन्दै गएको बताए।

सम्मेलनमा उनले नेपाली कांग्रेस अहिले पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको बताउँदै एकताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका हुन्। 

‘लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ । आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ,’ उनले भने, ‘नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक-पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ । जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ ।’

उनका अनुसार कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो।

‘त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो,’ उनले भने, ‘दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अब मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ ।’

देश अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नागरिकले ज्यान गुमाएको, ठूलो धनसम्पत्तिमा क्षति पुगेको र सामाजिक सद्भावमा समेत आघात पुगेको बताए ।

साथै आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो पलायन, सुशासनको संकट र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उनको बताए ।

त्यस्तै, अर्का नेता रन्जित कर्णले देश असहज अवस्थामा पार्टी विभाजित गर्न नहुने धारणा राखे । ‘आम जनताको मन रोएको बेला कांग्रेसलाई जोड्नुपर्ने आवश्यक्ता छ । कांग्रेस आन्तरिक रुपमा कमजोर र विभाजन भयो भने देश कमजोर हुन्छ । यस्तोबेला कांग्रेस एकढिक्का हुनैपर्छ ।’

कार्यक्रममा नेताहरुले कांग्रेसभित्र देखिएको संस्थापन र इतर भनिएको पक्षलाई एकतावद्ध हुन आग्रह गरे । 

साभार ः काठमाडौं प्रेस

`
12 comments
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

12 घन्टा पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

12 घन्टा पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

2 दिन पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

3 दिन पहिले