‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ’
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन २४ : नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय अराजकता बढेको बताएका छन्।
उनले केन्द्रीय समितिको बैठकका एजेन्डा अघि सार्दै उनले यस्तो अराजकताबारे बोल्नु पर्ने बताए।
‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ। मेरो गाडीमा ब्रेक छैन, एक्स्प्रेस वेमा हिँडेको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ थापाले भने, ‘स्पिडमा हिँड्ने तपाईंको छनोट हो तर लेन मिच्न पाउनुहुन्न लेनभन्दा बाहिर भन्नुको अर्थ विधि भन्दा बाहिर जान पाउँदैन । एकपल्ट भयो भने संयोग होला, गल्ती होला भन्न सकिन्छ तर दोहोरिइरहन्छ भने माफी दिने छुट अब हुँदैन।’
उनले कार्यपालिकाले पनि आफ्नो सीमा मिच्न नपाउने बता ।
‘कार्यपालिकाले आफ्नो सीमा मान्दैन । न्यायपालिकाको सीमा पनि मेरै ठान्छ, संवैधानिक निकाय पनि आदेश पालक हो भन्छ । संसद् पनि मेरो आदेश पालक हो भन्ने ठान्छ । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ । यो अराजकताको छुट हुँदैन । अख्तियार प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा थुन्न पाइन्छ?,’ उनले भने।
साभार ः काठमाडौं प्रेस
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको ..
काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सब..
1 घन्टा पहिले
‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ’
काठमाडौं, साउन २४ : नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय अराजकता बढेको बताएका छन्। उनले केन्द्रीय समितिक..
1 घन्टा पहिले
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्..
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस..
21 घन्टा पहिले
सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा
काठमाडौं, साउन २३ : मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।&nbs..
21 घन्टा पहिले
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
2 दिन पहिले