Janakpurdham
Thu, Sep 03, 2026
`

भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, भदौ १८ : रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन्।

फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ रहेका छन् । 

बाढी तथा विपद्का घटनामा हालसम्म उपचार गरिएका घाइतेहरुको संख्या ५ हजार १३५ जना छन् । 

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले हालसम्म ७१५ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये बिहीबार मात्रै २५ उडान गरिसकेको छ । 

 

साभार : काठमाडौं प्रेस

`
12 comments
हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याउन प्रधानमन्त्..

  काठमाडौं, भदाै १८ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता ग..

1 घन्टा पहिले

भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्..

काठमाडौं, भदौ १८ : रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हज..

1 घन्टा पहिले

नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

3 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

3 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

4 दिन पहिले