सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ।
सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको जनाएको छ।
बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका मुख्य ५२ ढोका र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पानीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ। प्रहरीले सप्तकोशी नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नदीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। जोखिमयुक्त तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन तथा नदी किनारका गतिविधि नगर्न समेत अनुरोध गरिएको छ। लगातारको वर्षासँगै सप्तकोशीको बहाव अझ बढ्न सक्ने भएकाले सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन्।
साभार ः काठमाडौं प्रेस
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..
सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..
1 घन्टा पहिले
विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..
काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..
1 घन्टा पहिले
बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा
काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..
22 घन्टा पहिले
तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ : प्रधानम..
काठमाडौं, भदौं २१ : प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न ..
22 घन्टा पहिले
११ दिनपछि त्रिशूली-१ बाट चिनियाँ नागरिककाे जिवितै उद्धा..
काठमाडौं, भदाै २० : भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना ..
2 दिन पहिले