विवाहपंचमी महोत्सवलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाद्वारा भव्य पंडाल निर्माण
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
रेनु झा, जनकपुरधाम मंसिर १२ गते । विवाहपंचमी महोत्सवलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाले भव्य पंडाल निर्माण गरेको छ । उपमहानगरपालिकाले नगरको रंगभुमि मैदानमा श्रद्धालुहरुको विश्रामको लागि १ हजार वर्ग फिटको पंडाल निर्माण गरेको छ । उपमहानगरपालिकाले यात्रुहरुको लागि १ सय २० वटा अस्थायी शौचालय निर्माण गरेको छ । नगरको चार स्थानमा यात्रुहरुलाई स्वागत द्धार निर्माण गरेको छ भने नगरकको पांच स्थानमा स्वास्थ्य शिविर संचालन गरेको छ । यात्रीहरुको लागि उपमहानगरपालिकाले शुद्ध पिउने पानी स्टल दुई स्थानमा संचालन गरेको छ । लामखुटटे नियन्त्रणका लागि औषधी धमाधाम छर्किने कार्य भईरहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ । यता, उपमहानगरपालिकाले बाजा गाजा सहितको झाँकी प्रस्तुत गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जानकारी दिएका छन ।




सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
9 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
9 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
1 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
1 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले