जानकी मन्दिरमा २६ जोडीको सामूहिक विवाह
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर प्राङ्गणमा २६ जोडी युवा युवतीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहिक विवाह गर्दै आएको छ ।यसवर्ष २६ जोडी युवायुवतीको एकै समारोहमा सामूहिक विवाह सम्पन्न भएको हो । परिषद्ले यस वर्ष पनि विवाहपञ्चमीको अवसर पारेर माता सिता र भगवान रामको प्रतीकात्मक विवाह भएको मण्डप जानकी मन्दिर प्राङ्गणमा मङ्गलबार विभिन्न जातजातिका २६ जोडी वरवधूको सामूहिक विवाह सम्पन्न गराएको छ । जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाहपञ्चमीको अवसरमा विगत चारवर्ष देखि भइरहेको सामूहिक विवाहलाई निरन्तरता दिँदै परिषदले यस वर्ष पनि २६ जोडीको सामूहिक विवाह गराएको आयोजकले जनाएको छ । जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा चिनाउन, पर्यटन प्रवर्धन गर्न, दहेज उन्मूलनसहितको समाज निर्माण गर्ने यस सामूहिक विवाहको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ ।जनकपुरधामका स्थानीयबाट सहयोग स्वरुप सङ्कलन गरिएका मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मङ्गलसूत्र, एकसरो लत्ताकपडासहितको व्यवस्थापन आयोजकले नै गर्ने विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्रकुमारले बताउनुभयो । गरिव विपन्नहरुको विवाह पनि धार्मिक, समाजिक अनुसार नै हुने भएकोले विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने तथा यस सामूहिक विवाहले समाजमा भाइचाराको विकास हुने आयोजकको भनाइ छ । गत वर्ष एकै समारोहमा २२ जोडिको विवाह सम्पन्न भएको थियो । साभार : गोरखापत्र
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
12 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
12 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले