Janakpurdham
Sun, Aug 24, 2025
`

कतारले विश्वकपको तयारीमा ठूलो संख्यामा मजदूर मारिएको स्वीकार गर्‍यो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । फिफा विश्वकपको आयोजक देश कतारका एक उच्च अधिकारीले पहिलो पटक विश्वकपको तयारीमा ४०० देखि ५०० कामदारको मृत्यु भएको स्वीकार गरेका छन् ।कतारले श्रमिकको मृत्युको बारेमा यति ठूलो आंकडा दिएको यो पहिलो पटक हो । अहिलेसम्म दिइएको तथ्याङ्क यो भन्दा धेरै कम थियो।अङ्ग्रेजी पत्रिका बिजनेश स्ट्यान्डर्डमा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा यो कुरा स्वीकार गरेका छन् ।थवादीले भने, “यो संख्या करिब ४ सयदेखि ५ सयको हाराहारीमा छ। मसँग यकिन संख्या छैन, तर छलफल भइसकेको छ। तर स्पष्टसँग भन्नुपर्दा एक जनाको मृत्यु पनि धेरै हो।”थवादीका अनुसार मृत्यु हुनेमा विश्वकपका लागि रंगशाला, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न मजदुरहरु रहेका छन् ।यसअघि विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या ३७ देखि ४० सम्म रहेको बताइएको थियो । यससँगै कतारले यिनीहरूको हृदयघातजस्ता कारणले मृत्यु भएको बताउँदै आएको छ ।सन् २०१० मा विश्वकप फुटबल आयोजनाको अधिकार जितेपछि कतारले आफ्नो पूर्वाधार निर्माण गर्न थालेको हो ।यसलाई अहिलेसम्मकै महँगो विश्वकप पनि मानिएको छ किनभने केही रिपोर्टका अनुसार यसमा २०० अर्ब डलरभन्दा बढी खर्च भएको छ ।साभार : डिसी नेपाल

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

1 दिन पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

1 दिन पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

1 दिन पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

3 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

4 दिन पहिले