Janakpurdham
Thu, Sep 24, 2026
`

सामाजिक परिवर्तनमा भित्ते चित्रकला महत्त्वपूर्ण

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । पेन्टिङ क्षेत्रका कलाकारहरूले सामाजिक परिवर्तन तथा आय आर्जनका लागि भित्ते पेन्टिङ महत्त्वपूर्ण माध्यम हुन सक्ने बताउनुभएको छ ।जनकपुरधाममा आज आयोजना गरिएको एक कार्यक्रममा पेन्टिङ क्षेत्रका कलाकारहरूले सामाजिक परिवर्तन तथा आय आर्जनका लागि भित्ते पेन्टिङ महत्त्वपूर्ण हुने बताउनुभएको हो । 

नेपालमा रहेको संयुक्त राज्य अमेरिकाको राजदूतावासले आयोजना गरेको “अमेरिकाको कलाकारहरूसँग स्थानीय सामुदायिक सरोकारवालाहरू, नीति निर्माताहरूसँगको छलफल” कार्यक्रममा सहभागीहरूले भित्ते चित्रकलामार्फत अमेरिकामा थुप्रै आय आर्जन हुने गरेको जानकारी गराइएको थियो । 

संयुक्त राज्य अमेरिकाका प्रसिद्ध भित्ते चित्रकार म्यान वनले अमेरिकामा सार्वजनिक महत्त्वको स्थल, पर्यटकीय क्षेत्र तथा व्यापारिक स्थलमा कोरेका भित्ते चित्रकलाको प्रदर्शन गर्दै यसलाई सर्वसाधारणले निक्कै मन पराउने गरेको बताउनुभयो । 

उहाँले भित्ते चित्रकलामार्फत विभिन्न कम्पनीहरूले आफ्नो व्यापारको प्रवद्र्धन गराउने गरेको बताउनुभयो । 

मिथिला चित्रकलालाई आधुनिकता दिँदै सामाजिक परिवर्तनका लागि काम गर्दै आउनुभएकी जनकपुरधामका चित्रकार मनिषा साहले महिलामाथि हुने गरेको भेदभाव तथा हिंसालाई कम गर्नका लागि भित्ते चित्रकला महत्त्वपूर्ण हुने बताउनुभयो ।

नेपाली कलाकार खेम बहादुर पाल्पालीले भित्ते चित्रकलाको प्रयोग नेपालमा निक्कै पहिलादेखि हुँदै आएको बताउँदै मिथिला यसको उर्वर भूमि भएको बताउनुभयो । 

उहाँले स्थानीय चित्रकारहरूले मिथिला पेन्टिङको मौलिकता हराउन नहुने आवश्यकतामा जोड दिनुभयो । 

नेपालमा रहेको संयुक्त अधिराज्य अमेरिकाका राजदूतावासका सांस्कृतिक मामिला अधिकृत सारा जेसमिन नाईटले अमेरिकाका चित्रकारको तथा मिथिलाका चित्रकारहरूको अनुभव साटासाटले दुवै देशका चित्रकारहरू लाभान्वित हुने बताउँदै अमेरिका प्रसिद्ध कलाकारले चित्रकलामार्फत गरेको आय आर्जनबाट यहाँका कलाकारहरूलाई पनि प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो । 

कार्यक्रमको संयोजन धनुषाको वाईल्ड लाईफ ट्रष्ट धनुषाधामका अध्यक्ष देवनारायण मण्डलले गर्नु भएको थियो । साभार: रेडियो नेपाल

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

12 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

12 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले