समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समायोजन भएर बनेका ठुला विद्यालयलाई बस प्रदान गर्ने भएको छ । केन्द्रको वार्षिक कार्यक्रम अनुसार अनुदान प्रदान कार्यक्रम भएकाले त्यसका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । त्यसका लागि उनीहरूले स्थानीय तह र शिक्षा विकास तथा समन्वय ईकाईको सिफारिसमा १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।
दुई वा दुई भन्दा बढी विद्यालय समायोजन भई बनेका विद्यालयमा कम्तीमा तराईमा १८००, पहाडमा १२०० र हिमालमा ६०० विद्यार्थी भएका विद्यालयलाई बस प्रदान गरिने केन्द्रले जनाएको छ । प्रस्ताव पेश गर्ने विद्यालयहरूको लागि विभिन्न आधार तोकिएको छ । सामुदायिक विद्यालयको रूपमा अनुमति वा स्वीकृति प्राप्त गरी नियमित रूपमा कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय हुनुपर्नेछ । विद्यालयमा नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हुनुपर्नेछ ।
त्यस्तै शैक्षिक सत्र २०७७/०७८ वा शैक्षिक सत्र २०७९ मा दुई वा सोभन्दा बढी विद्यालयहरू एक आपसमा समायोजन वा मर्ज भएको हुनुपर्नेछ । विद्यालयमा बाह्रै महिना सजिलोसँग आवतजावत गर्न मिल्ने भरपर्दो बाटो भएको हुनुपर्नेछ । बस सञ्चालनका लागि फ्युल, मर्मत तथा चालक र सहचालकको खर्च विद्यालय आफैंले वा स्थानीय तहले व्यहोर्ने प्रतिबद्धता हुनुपर्नेछ ।साभार : रातोपाटी
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
12 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
12 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले