जसपाका दुई अध्यक्षबीच मतभेद
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धरान । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने यादवको व्यक्तिगत धारणा भएको बताएका छन् । उनले एमालेसँगको तालमेल नसकिएको बताए ।एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा राईले भने,‘यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो ।’
एमालेसँगको सहकार्य जारी रहने उनले बताए ।
‘यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ । तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ,’ उनले भने ,‘ हामी छलफल गर्छौं । हामीले परिस्थिति हेरेर मुलुकमा अस्थिरता नबढोस्, स्थिर सरकार दिन सकियोस् र जनताको सेवा गर्ने अनुकूल वातावरण नै बनाउन सकियोस् भन्ने सम्बन्धमा हाम्रो जोड रहन्छ ।"साभार : कोसी अनलाइन
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
11 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
11 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले