Janakpurdham
Thu, Sep 24, 2026
`

खाद्य सुरक्षा तथा गुणस्तर सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम २० गते मंसिर । जनकपुरधाम क्षेत्र भित्र गुणस्तरीय खाद्यय पदार्थ उपभोग सम्बन्धी सरोकारबलाहरु संग एक अनतरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर उपभोग्य वस्तुको विक्रिवितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले किराना, जुस तथा पाउरोटी लगायतका व्यवसायीहरु संग गरेको उक्त गोष्ठीमा गुणस्तर खाद्य पदार्थ विक्रि सम्बन्धमा प्रशिक्षण दिइएको छ । खाद्य उद्योगी तथा व्यवसायीहरु संगको उक्त अन्तरक्रियामा सहभागीहरुले आफुहरुको व्यवसायमा भइरहेको समस्याका सम्बन्धमा जानकारी गराएपछि कार्यालयका प्रमुख विजय खानालले जनकपुरधाम क्षेत्र भित्र खाद्य वस्तुको उत्पादन तथा विक्रिको क्रममा गुणस्तरीयतामा विगतको भन्दा सुधार भएपनि थप सुधारको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले किराना पसलहरुमा म्याद गुज्रेका तथा अखाद्य पदार्थहरु समेत विक्रि भईरहेको गुनासोहरु आएकाले व्यवसायीहरुलाई म्यद गुज्रेका सामानहरु छुट्ट्रै राख्न आग्रह गर्नुभयो । अुनगमनका क्रममा यस्ता समस्याहरु देखिए कारबाही समेत गरिने उहाँले चेतावनी समेत दिनुभएको थियो ।सो गोष्ठीमा बोल्दै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले निकट भविश्य देखि नै संघ संग जोडिएका बस्तुगत संगठनका व्यवसायीहरुलाई नियमित रुपमा तालिम प्रदान गरी अगामी दिनमा खाद्य तथा गुणस्तरीय क्षेत्रमा आफुहरु काम गर्ने बताउनु भयो । दर्जनौ व्यवसायीहरुको उपस्थितीमा भएको सो गोष्ठीमा बोल्दै कार्यालयका खाद्य अनुसन्धान अधिकृत रत्न कान्त झाले कानुन अनुसारको खाद्य पदार्थ विक्रि नभएको अवस्थामा अनुगमन गरी कारबाही गर्न सकिने बताउनु भयो । किराना व्यवसायी संघका अध्यक्ष विकास चौधरीले व्यवासयीहरुलाई आफुहरुले किराना पसलमा विक्रि गरेका सामानहरुको विल नियमित रुपमा बनाई कर छली नगर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । गोष्ठीमा बोल्दै उपभोक्ता हित संरक्षण मंचका जनकपुर अध्यक्ष बटुकनाथ झाले उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसायीहरुलाई अखाद्य सामानहरु विक्रि नगर्न आग्रह गर्नुभयो । जनकपुरधाम प्रदेशको राजधनी भईसकेकाले यहाँ गुणस्तरीय खाद्य पदार्थ विक्री भए यहाँ उपभोक्तलाई स्वास्थ्यकर हुनुका साथै पर्यटकहरुलाई समेत आकर्षण गर्न सकिने बताउनु भयो । सो गोष्ठीमा सहभागी व्यवसायीहरुले व्यवसायका क्रममा आफुहरुलाई भईरहेको समस्याका सम्बन्धमा जानकारी गराएको कार्यालयका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिनुभयो । उहाँले आफु बजारमा नियमित अनुगमन गरिरहेकाले व्यवसायीहरुलाई उपभोक्ताको हित विपरित काम नगरी कुनै समस्या भई कार्यालयमा आई जानकारी लिन समेत आग्रह गरिएको बताउनु भयो । सो कार्यक्रममा बोल्दै अर्गेनिक तरकारी कृषक जयशंकर नाथ झाले उपभोक्ताहरु समेत केहि सस्ताको नाउँमा अखाद्य पदार्थ सेवन गरीरहेको बताउनु भयो । अर्गेनिक तरकारी अपल महगो भएको कारणले जनकपुरधाममा विषदी युक्त तरकारी किन्ने उपभोक्ताले समेत सचेत हुनुपर्ने आवश्यक्ता उहाँले औल्याउनु भयो ।

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

11 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

11 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले