सहिद पत्रकार सिंहलाई सम्मान
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । ३१ औँ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सहिद महिला पत्रकार उमा सिंहलाई सम्मान गरिएको छ ।पत्रकार सिंहका तर्फबाट सहकर्मी तथा नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष ज्योति झा र जिल्ला कार्यवाहक अध्यक्ष अबधेश कामतलाई संयुक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सम्मान पत्र प्रदान गर्नुभयो ।जनकपुरधाममा महिला पत्रकार उमा सिंहलाई एक समूहले बीभत्स किसिमले हत्या गरेपछि सरकारले धनुषाका पत्रकारहरूले गरेको आन्दोलनपछि सिंहलाई सहिद घोषणा गरेको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सहिद महिला पत्रकार उमा सिंह साँचो अर्थमा साहसिक महिला पत्रकार भएको बताउँदै अन्यायका विरुद्धमा कलम चलाएकै कारणले उहाँको हत्या भएको बताउनुभयो ।
अध्यक्षको आसनबाट बोल्दै सञ्जालका धनुषा अध्यक्ष एवं उमा सिंहलाई न्याय दिलाउनका लागि निःशुल्क कानूनी लडाई लड्नु भएका अधिवक्ता रेखा झाले सहिद पत्रकार उमा सिंहका हत्यारामाथि कारबाहीका लागि प्रयास गर्दा भोग्नु परेका धम्कीको विषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष ज्योति झाले सहिद पत्रकार उमा सिंह आफूहरूको प्रेरणाको श्रोत भएको बताउनुभयो ।नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अबधेश कामतले सहिद पत्रकार उमा सिंहका सम्पूर्ण दोषीमाथि हालसम्म पनि कारबाही नभएको बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत रेखा दत्त, ओरेक नेपालका प्रदेश संयोजक विकास बन्जारा सहितका वक्ताहरूले १६ दिने अभियान अन्तर्गत विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको बताउनुभयो ।साभार : रेडियो नेपाल
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
11 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
11 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले