
जनकपुरधामको हावामा प्रदुषण बढ्दै
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

बटुकनाथ झा , जनकपुरधाम, २६ गते मंसिर । जनकपुरधाम क्षेत्रका हावाको प्रदुषण स्तर बढिरहेकाले यस क्षेत्रमा बसोबास गर्नेहरुको स्वास्थ्यमा असर पुग्ने सम्भावना बढेको छ । धुवा दिने सवारी साधनको अत्यधिक प्रयोग, पराल, कागज,प्लाष्टिक लगायतका सामानहरु जलाइएने क्रम बढ्दा राजधानी काठमाडौँ जस्तो जनकपुरधामको वातवारण प्रदुषण बढेको एक कार्यक्रममा जनाइएको छ । सबैको लागि सुरक्षित र सफा हावा अभियान अन्तरगत स्वच्छ उर्जा नेपाल नाम संस्थाले आयोजना गरेको वायु प्रदुषण न्युनिकरण सम्बन्धी कार्यशालामा बोल्दै कार्यक्रम संयोजक वर्षा पराजुलीले धुलो र विभिन्न प्रकारका धुवाको उत्सर्जनका कारण यो क्षेत्रमा वायु प्रदुषण बढेको बताउनु भयो । देशको विभिन्न आठ शहरमा बोसिन समेत राखेर वायु प्रदुषणको अवस्थाको मापन गरिरहेको स्वच्छ उर्जा नेपालले जनकपुरधाम उपमहानगपालिकाको भवनमा समेत मेसिन जडान गरेका छन् । आईतबार जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा सरोकारबलाहरु संग तथा सोमबार विद्यार्थीहरु संग आयोजकले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठीमा सहभागी भएका विद्यार्थीहरुले जनकपुरधाम क्षेत्रमा बायु प्रदुषणका कारण तथा यसलाई न्युनिकरण गर्ने उपायका विषयमा छलफल गरेका थिए । अर्थ क्लिन ग्रिन फाउन्डेशन जनकपुरधामका अध्यक्ष दिपु ठाकुरका अनुसार जनकपुरधाम स्थित कवारहरूले प्रत्येक दिन प्लास्टिक जन्य फोहरमा आगो लगाई बायू प्रदुषणको प्रमुख कारण बनेको छ । वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई)अनुसार गत बिहीवारदेखि नै काठमाण्डू, जनकपुर लगायत विराटनगर, वीरगन्ज, पोखरा जस्ता ठूला सहरमा वायु प्रदूषण अस्वस्थकर तहमा रहेको देखिएको छ । बिहीवार बिहान काठमाण्डौको एक्यूआई १५२ र आईतबार जनकपुरधाम को १५१ रहेकोमा आउने चिसोमा अझै बढ्ने छ । एक्यूआई त्यति पुग्नु भनेको विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर निर्देशिकाले तोकेभन्दा बढी र अस्वस्थकर तहमा हो । गत वर्ष पुस महिनामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक्यूआई ४०० भन्दा बढी पुगेर वायुको गुणस्तर निकै खराब भएको थियो। वायु प्रदूषण हानिकारक अवस्थामा पुगेको भन्दै केही दिन विद्यालयहरू समेत बन्द गरिएको थियो । बायू प्रदुषण कम गर्न चार काम तुरुन्त गर्न सरोकारवालालाई हार्दिक अनुरोध गरेको छ । यसमा बिभिन्न ठाऊ लगायत कवार खानाहरू लाई फोहोर बाल्ने काम रोक्न स्थानीय सरकार, उप महानगरपालिका, वडा कार्यालयले पूर्ण रूपमा बन्द गर्न अभियान र दंड दिनु नै थाल्नुपर्छ । ईँटा भट्टा सञ्चालन बाट हुने बायू प्रदुषण रोक्न चिम्नीको बनावटमा सुधार ल्याउन सकिन्छ । मापदण्डभन्दा बढी धुवाँ निकाल्ने सवारी साधनलाई जाँच गरेर तत्कालै रातो स्टीकर लगाउने वा सर्भिसिङमा पठाउने काम गर्नुपर्छ। २५ वर्षअगाडि सरकारले त्यसैगरी गाडीको जाँच गर्थ्यो। अहिले मादकपदार्थ सेवनको जाँच गरेजस्तै धेरै धुवाँ फाल्ने गाडीको पनि जाँच गर्नुपर्छ । फोहोर वा खेतीबालीका अवशेष बाल्न हुँदैन त्यसले वायु प्रदूषण धेरै हुन्छ र स्वास्थ्यमा असर गर्छ भन्नेबारे व्यापक जनचेतना फैलाउन आवश्यक छ । स्थानीय सम्पूर्ण सरोकार वाला लगायत स्थानीय बासीले कही कतै फोहर जलाइयेको पाएमा सामुहिक बिरोध गरी जनचेतना जनाउनु पर्ने देखिन्छ ।


देशले पाउला त पहिलो महिला प्रधानमन्त्री ? यस्तो छ सुशीला..
काठमाडौं ,भदौ २५ गते । जेजी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाको ढोका उघारेको छ । आज ब..
18 घन्टा पहिले
देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्द..
काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएप..
18 घन्टा पहिले
आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..
काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..
2 दिन पहिले
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..
2 दिन पहिले
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
3 दिन पहिले

-
देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्दीकाठमाडौं । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएपछि एकपछि अर्को कारागारहरूमा आगो सल्किरहेको छ । रविलाई कारागारबाट निकालिएपछि नख्खुसहित देशभरका कारागारमा कैदीहरूले तोडफोड तथा आगजनी गर्दै भागिरहेका छन् । ‘जेन–जी’ आन्दोलनबाट सिर्जना भएको संकटको फाइदा उठाउँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई रिहा भएपछि देशभरका कारागारहरूबाट हजारौँ कैदीबन्दीहरू भागेका छन् । उनको रिहाइपछि देशव्यापी रूपमा कारागार विद्रोहको आगो सल्काएको छ । बुधवार बिहानैदेखि डिल्लीबजारस्थित कारागार कार्यालय तनावग्रस्त बन्यो । केही कैदीबन्दी भाग्न खोजेपछि बुधवार बिहानैबाट त्यहाँको स्थिति तनावग्रस्त भयो । प्रहरीले मंगलबार नै ड्युटी छोडेदेखि त्यहाँका कैदीबन्दीको दुई समूह बन्यो । एकथरिले तत्काल निस्कने प्रयास गरिरहेका थिए भने अर्काथरिले त्यसो गर्न हुँदैन भनिरहेका थिए । हिजो मंगलबार बिहानसम्म त्यहीँ रहेका प्रशासन प्रमुख भुवन रेग्मीका अनुसार प्रहरीको अनुपस्थितपछि कारागारका नाइके–भाइ नाइकेले भाग्न खोज्नेलाई सम्हालिरहेका थिए । आज बुधवार बिहानदेखि भाग्न चाहनेले नै होहल्ला गरेपछि सेना पुगेको हो । यद्यपि, अहिले त्यहाँ जेलर, प्रशासन प्रमुखसहित कोही पनि कर्मचारी छैनन् । कैदीबन्दीले भित्र होहल्ला र आगजनी गरे । सेनाले हाई अलर्ट पोजिसन लिएपछि कैदीबन्दी पछाडि हटे । उनीहरूलाई सेना ‘सुरक्षित स्थान’ भन्दै अन्यत्र लिएर गएको छ । भाग्न नहुने पक्षका बन्दी भने त्यहीँ छन् । तीमध्ये विभिन्न क्षेत्रमा नाम चलेका व्यक्ति रहेका छन् । त्यहाँ बैंकिङ ठगीका बन्दीहरू कमल ज्ञवाली, इच्छाराज तामाङ, सहकारी ठगीका केबी उप्रेती, यामबहादुर मल्ल, गुण्डा नाइके दीपक मनाङे, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ललगायतका छन् । तर, देशभरका विभिन्न स्थानबाट कैदीबन्दी भागेका छन् । मंगलबार साँझ तुलसीपुर कारागारबाट १ सय २५ जना कैदी निस्किएर भागे । भागेकामध्ये ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । नख्खुबाट सुरू भएको कारागार विद्रोहको शृङ्खला अझै मत्थर हुन सकेको छैन । देशभर नेपाली सेना परिचालन गरिएपनि कारागारमा रविको रिहाइपछि कैदीबन्दीहरूप्रति असन्तुष्टि बढेको पाइएको छ । रवि बसेको नख्खु कारागार रित्तिएको छ । सुन्धारा कारागारबाट तीन हजार बढी कैदी भोगेका छन् । उक्त कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी समेत फरार भएका छन् । धादिङ कारागारबाट पनि कैदीहरू भाग्न थालेपछि सेनाले गोली चलायो । जहाँ एक जनाको मृत्यु भएको छ । त्यसबाहेक कपिलवस्तु कारागारबाट ४ सय कैदीबन्दी भागेका छन् भने सिन्धुलीबाट सयौँको सङ्ख्यामा कैदी निस्किएका छन् । रसुवा कारागारबाट करिब सयको सङ्ख्यामा कैदी भाग्दा डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् । सुनसरीको झुम्का जेलबाट अधिकांश कैदी भगाइयो । मोरङ कारागारबाट पनि कैदी भगाउन खोजिएपछि नेपाली सेनाले हवाई फायरसम्म गर्यो । धुलिखेलस्थित जिल्ला कारागारमा पनि कैदीहरूले आगो लगाए । उनीहरूले लगाएको आगो दमकल प्रयोग गरेर दुई घण्टापछि नियन्त्रणमा आयो । आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालियो । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागारभित्र नारा जुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीको भनाई छ । जलेश्वर कारागारबाट पाँच सय बढी कैदी भागेका छन् । विराटनगरका बाल सुधार गृहबाट २ सय बढी भागेका छन् । सोही बराबरको सङ्ख्या रौतहट कारागारबाट पनि कैदी भागेका छन् । यस्तै बझाङबाट ६५ कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी भागेका छन् । नेपालगन्जको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बाल सुधार गृहबाट ७६ जना भागेका छन् । देशभरबाट कति कैदी फरार भएभन्ने यकिन तथ्यांक छैन । तर, कारागाभित्रैबाट भाग्नै प्रयास गर्दै कैदीहरूले विद्रोह गरिरहेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।
-
आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह
-
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
-
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, घाइतेको संख्या ३०० नाघ्यो