Janakpurdham
Thu, Sep 24, 2026
`

जनकपुरधामको हावामा प्रदुषण बढ्दै

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

बटुकनाथ झा , जनकपुरधाम, २६ गते मंसिर । जनकपुरधाम क्षेत्रका हावाको प्रदुषण स्तर बढिरहेकाले यस क्षेत्रमा बसोबास गर्नेहरुको स्वास्थ्यमा असर पुग्ने सम्भावना बढेको छ । धुवा दिने सवारी साधनको अत्यधिक प्रयोग, पराल, कागज,प्लाष्टिक लगायतका सामानहरु जलाइएने क्रम बढ्दा राजधानी काठमाडौँ जस्तो जनकपुरधामको वातवारण प्रदुषण बढेको एक कार्यक्रममा जनाइएको छ । सबैको लागि सुरक्षित र सफा हावा अभियान अन्तरगत स्वच्छ उर्जा नेपाल नाम संस्थाले आयोजना गरेको वायु प्रदुषण न्युनिकरण सम्बन्धी कार्यशालामा बोल्दै कार्यक्रम संयोजक वर्षा पराजुलीले धुलो र विभिन्न प्रकारका धुवाको उत्सर्जनका कारण यो क्षेत्रमा वायु प्रदुषण बढेको बताउनु भयो । देशको विभिन्न आठ शहरमा बोसिन समेत राखेर वायु प्रदुषणको अवस्थाको मापन गरिरहेको स्वच्छ उर्जा नेपालले जनकपुरधाम उपमहानगपालिकाको भवनमा समेत मेसिन जडान गरेका छन् । आईतबार जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा सरोकारबलाहरु संग तथा सोमबार विद्यार्थीहरु संग आयोजकले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठीमा सहभागी भएका विद्यार्थीहरुले जनकपुरधाम क्षेत्रमा बायु प्रदुषणका कारण तथा यसलाई न्युनिकरण गर्ने उपायका विषयमा छलफल गरेका थिए । अर्थ क्लिन ग्रिन फाउन्डेशन जनकपुरधामका अध्यक्ष दिपु ठाकुरका अनुसार जनकपुरधाम स्थित कवारहरूले प्रत्येक दिन प्लास्टिक जन्य फोहरमा आगो लगाई बायू प्रदुषणको प्रमुख कारण बनेको छ । वायुको गुणस्तरको सूचकाङ्क (एक्यूआई)अनुसार गत बिहीवारदेखि नै काठमाण्डू, जनकपुर लगायत विराटनगर, वीरगन्ज, पोखरा जस्ता ठूला सहरमा वायु प्रदूषण अस्वस्थकर तहमा रहेको देखिएको छ । बिहीवार बिहान काठमाण्डौको एक्यूआई १५२ र आईतबार जनकपुरधाम को १५१ रहेकोमा आउने चिसोमा अझै बढ्ने छ । एक्यूआई त्यति पुग्नु भनेको विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर निर्देशिकाले तोकेभन्दा बढी र अस्वस्थकर तहमा हो । गत वर्ष पुस महिनामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक्यूआई ४०० भन्दा बढी पुगेर वायुको गुणस्तर निकै खराब भएको थियो। वायु प्रदूषण हानिकारक अवस्थामा पुगेको भन्दै केही दिन विद्यालयहरू समेत बन्द गरिएको थियो । बायू प्रदुषण कम गर्न चार काम तुरुन्त गर्न सरोकारवालालाई हार्दिक अनुरोध गरेको छ । यसमा बिभिन्न ठाऊ लगायत कवार खानाहरू लाई फोहोर बाल्ने काम रोक्न स्थानीय सरकार, उप महानगरपालिका, वडा कार्यालयले पूर्ण रूपमा बन्द गर्न अभियान र दंड दिनु नै थाल्नुपर्छ । ईँटा भट्टा सञ्चालन बाट हुने बायू प्रदुषण रोक्न चिम्नीको बनावटमा सुधार ल्याउन सकिन्छ । मापदण्डभन्दा बढी धुवाँ निकाल्ने सवारी साधनलाई जाँच गरेर तत्कालै रातो स्टीकर लगाउने वा सर्भिसिङमा पठाउने काम गर्नुपर्छ। २५ वर्षअगाडि सरकारले त्यसैगरी गाडीको जाँच गर्थ्यो। अहिले मादकपदार्थ सेवनको जाँच गरेजस्तै धेरै धुवाँ फाल्ने गाडीको पनि जाँच गर्नुपर्छ । फोहोर वा खेतीबालीका अवशेष बाल्न हुँदैन त्यसले वायु प्रदूषण धेरै हुन्छ र स्वास्थ्यमा असर गर्छ भन्नेबारे व्यापक जनचेतना फैलाउन आवश्यक छ । स्थानीय सम्पूर्ण सरोकार वाला लगायत स्थानीय बासीले कही कतै फोहर जलाइयेको पाएमा सामुहिक बिरोध गरी जनचेतना जनाउनु पर्ने देखिन्छ ।

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

11 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

11 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले