
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेकाे छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उहाँलाई आज यहाँस्थित जापानी दुतावासले उनकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गरेकाे हाे। जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ वरिष्ठ नेता पौडेलले ग्रहण गरेका छन् । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि कदर गरिएको हो । वरिष्ठ नेता पौडेलले आफू सभामुख रहनुहुँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्ष समेत रहेका थिए। उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुकासाथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रिय रूपमा संलग्न थिए । जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।साभार : स्पेसखबर

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
22 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
22 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
22 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले