Janakpurdham
Thu, Sep 11, 2025
`

मधेश प्रदेशका ९८० जनालाई रोजागार मुलक तालिम प्रदान

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धनुषा । कोभिड –१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेश प्रदेशका नौ सय ८० जना युवालाई स्किल्स कार्यक्रमबाट तालिम दिइएको जनाएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्र राष्ट्र संघिय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमको प्रगति, समिक्षाबारे स्थानिय पालिका प्रमुखसंग गरेको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा कृषि, निमार्ण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमुलक तालिम दिइएको जनाएको छ । युएनडिपीको सहयोगमा स्किल्स कार्यक्रममार्फत मधेश प्रदेशका ९ सय ८० जनामध्ये नौ सय ६७ जनाले पुर्ण रुपमा तालिम लिएको युएनडिपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा.मुकुन्दमणि खनालले बताउनुभयो ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवाहरुले स्वरोजगार हुन थालेको छ, त्यसैले तालिम प्रभावकारी भएको बताउनुभयो । उहाँले अव तिनै तहका सरकारले मिलेर ती बेरोजगार युवालाई प्रोत्साहन हुने गरि अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको बताउनुभयो ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भटटराइले युवाहरुलाई स्वदेशमै सीप सिकाउन सके रोजगारमुलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । देशमा अहिले रोजगारीको अवस्था नभएर अदक्ष कामदारहरु नेपालबाट विदेश पलायन भई रहेकाले यसलाई रोक्न युवाहरुलाई रोजगारमुलक सीप र तालिममा जोड दिनुपर्ने र श्रम बजारसंग समेत जोडन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डा.हरि लम्साल, पूर्व शिक्षा सचिव डा.रामहरि लामिछाने, सिटिइभिटी मधेश प्रदेश प्रमुख नागेन्द्र साहलगायतको उपस्थिती रहेको युएनडिपी स्किल्स कार्यक्रमका मधेश प्रदेश संयोजक दिपक शाहशंकरले जानकारी दिनुभयो ।

`
12 comments
देशले पाउला त पहिलो महिला प्रधानमन्त्री ? यस्तो छ सुशीला..

काठमाडौं ,भदौ २५ गते । जेजी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाको ढोका उघारेको छ । आज ब..

16 घन्टा पहिले

देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्द..

काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएप..

16 घन्टा पहिले

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..

2 दिन पहिले

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..

2 दिन पहिले

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

3 दिन पहिले

...