मधेश प्रदेशका ९८० जनालाई रोजागार मुलक तालिम प्रदान
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धनुषा । कोभिड –१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेश प्रदेशका नौ सय ८० जना युवालाई स्किल्स कार्यक्रमबाट तालिम दिइएको जनाएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्र राष्ट्र संघिय विकास कार्यक्रमअन्तर्गत विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमको प्रगति, समिक्षाबारे स्थानिय पालिका प्रमुखसंग गरेको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा कृषि, निमार्ण र पर्यटन क्षेत्रमा एक सय ६० घण्टाको रोजगारमुलक तालिम दिइएको जनाएको छ । युएनडिपीको सहयोगमा स्किल्स कार्यक्रममार्फत मधेश प्रदेशका ९ सय ८० जनामध्ये नौ सय ६७ जनाले पुर्ण रुपमा तालिम लिएको युएनडिपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा.मुकुन्दमणि खनालले बताउनुभयो ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले एक सय ६० घण्टाको तालिम लिएका युवाहरुले स्वरोजगार हुन थालेको छ, त्यसैले तालिम प्रभावकारी भएको बताउनुभयो । उहाँले अव तिनै तहका सरकारले मिलेर ती बेरोजगार युवालाई प्रोत्साहन हुने गरि अनुदान, सहुलियत दरमा कर्जा प्रवाहलगायत प्राविधिक सेवा दिनुपर्ने आवश्यकता भएको बताउनुभयो ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भटटराइले युवाहरुलाई स्वदेशमै सीप सिकाउन सके रोजगारमुलक व्यापार व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । देशमा अहिले रोजगारीको अवस्था नभएर अदक्ष कामदारहरु नेपालबाट विदेश पलायन भई रहेकाले यसलाई रोक्न युवाहरुलाई रोजगारमुलक सीप र तालिममा जोड दिनुपर्ने र श्रम बजारसंग समेत जोडन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डा.हरि लम्साल, पूर्व शिक्षा सचिव डा.रामहरि लामिछाने, सिटिइभिटी मधेश प्रदेश प्रमुख नागेन्द्र साहलगायतको उपस्थिती रहेको युएनडिपी स्किल्स कार्यक्रमका मधेश प्रदेश संयोजक दिपक शाहशंकरले जानकारी दिनुभयो ।
भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध
काठमाडौं, असार १ : नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्त..
9 घन्टा पहिले
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार ह..
काठमाडौं, जेठ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त..
9 घन्टा पहिले
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा ..
काठमाडौँ ,जेठ ३१ गते । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वा..
1 दिन पहिले
भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्ध..
काठमाडौं, जेठ ३० : सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्र..
1 दिन पहिले
बैंकिङ कसुरमा पक्राउ परे सेफ सन्तोष साह
जनकपुर, जेठ ३० : बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली..
1 दिन पहिले