
राज्यको हरेक तहमा तेस्रो लिङगी समुदायको प्रतिनिधित्व हुनुपर्ने माग
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम पुस ५ गते । आफ्नो अधिकार र पहिचानका लागि संघर्षरत यौनिक तथा लैँगिक अल्पसंख्यक समुदायलाई राज्यको हरेक तहमा प्रतिनिधित्वको माग एक कार्यक्रममा गरिएको छ । जनकपुरधाममा स्थानीय सरकार तथा सरोकारवाला संगको एक अन्तरक्रिया कार्यक्रममा नेपालमा यौनिक तथा लैँगिक अभियानका बारेमा निल हिरा समाजका अध्यक्ष पिंकी गुरुङले जानकारी गराउनु भएको थियो । निल हिरा समाज र सुनौलो बिहानी समाजको आयोजना तथा सेब द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालित सो अन्तरक्रियामा अध्यक्ष गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा भईरहेको कामका बारेमा जानकारी गराउदै अहिले सम्मको अवसर र चौनौतीका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । त्यस्तै निल हिरा समाजका कार्यक्रम संयोजक संजय शर्माले समाजको उद्देश्य र कार्य क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो । निल हिरा समाज तथा सुनौलो विहानी समाज यौँनिक तथा लैँगिक अल्पसंख्यकहरुको स्वास्थ्य तथा मानव अधिकारका क्षेत्रमा काम गरिरहेको छ । सो अन्तरक्रियामा सहभागीहरुले यौँनिक तथा लैँगिक अल्पसंख्यकहरुको अधिकार र पहिचानका लागि मिडियाले गरिरहेको कामको चर्चा गर्दै तेस्रो लिङगीहरुलाई समेत आम नेपाली नागरिक सरह नै राज्यको हरेक काममा समान अधिकारको लागि आवाज उठाउने बताउनु भएको थियो । कार्यक्रममा निल हिरा समाज द्वारा संचालित सुनौलो विहानी समाजका संस्थापक अध्यक्ष प्रदिप यादव, कार्यक्रम संयोजक सत्यनारायण साह छोटु लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
17 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
17 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
17 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले