Janakpurdham
Thu, Sep 11, 2025
`

लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।  लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निष्पक्ष र स्वतन्त्र पत्रकारिता आजको आवश्यकता रहेको बताउनु भएको हो । 

शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयको विकाससँगै नेपाली पत्रकारिताले पनि फड्को मारेको बताउनु भयो । 

विकासको पर्खाइमा रहेको कर्णाली प्रदेशमा भएको यस साधारण सभाले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा आर्थिक गतिविधि बढाउन कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो । 

श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा,पत्रकारमैत्री ऐन कानुन निर्माण तथा कार्यान्वयन र न्यूनतम पारिश्रमिक निर्धारण तथा कार्यान्वयनमा सरकार तयार हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालमा भएका विभिन्न परिवर्तनमा चौथो अङ्गको महत्त्वपूर्ण भूमिका रहेको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, तर क्रियाशील श्रमजीवीको दैनिकी चल्न मुस्किल छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले मिडिया क्षेत्र खुम्चिएको छ । चौथो अङ्गको दायरालाई फराकिलो बनाउन सरकारको ध्यानाकर्षण हुन जरुरी छ।

साधारण सभाले क्रियाशील पत्रकारहरूको थप स्तरवृद्धि, निष्क्रिय पत्रकारलाई स–सम्मान बिदाइ गर्ने पक्षमा ठोस निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । 

मुलुकको विभिन्न विकासको संस्थागत गर्न पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले निभाउँदै आएको उल्लेखीय भूमिकाको प्रशंसा गर्नुभयो । 

कार्यक्रममा बोल्दै विभिन्न सङ्गठनका प्रमुखहरुले साधारणले क्रियाशील पत्रकारहरूको हितलाई थप जोड दिने र निष्क्रिय सदस्यहरूलाई बिदाइ गर्ने ठोस निर्णय गर्न शुभकामना  दिएका छन् । क्रियाशीलताका आधारमा मात्रै सदस्यता दिनु पर्नेमा सङ्गठनका प्रमुखहरूको जोड छ । 

नेपाल पत्रकार महांसघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले यस साधारण सभाले श्रमजीवी पत्रकारहरूको हितमा निर्णय गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी सबै पत्रकारलाई समेत धन्यवाद दिनुभयो । सुर्खेतमा आयोजित साधारण सभा ऐतिहासिक छ । यसले विशेष महत्त्व राख्दछ । विकासको पर्खाइमा रहेको कर्णालीमा महासङ्घको साधारण सभाले टेवा पुर्‍याउने अध्यक्ष पोखरेलको विश्वास छ । 

महासङ्घका महासचिव रोशन पुरीले  नेपालमा रहेका १३ हजार १६ जना पत्रकार मध्ये करिब ७ सय ५० बढी केन्द्रिय परिषद् सदस्य साधारण सभामा सहभागी रहेको बताउनु भयो । उहाँका अनुसार ६७ वर्ष लामो इतिहास बोकेको महासङ्घले श्रमजीवी पत्रकारको पेशागत सुरक्षामा जोड दिने छ । उद्घाटन शत्र सकिए लगत्तै बन्द शत्र सुरु हुने भएको छ ।साभार : रेडियो नेपाल

 नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाट

 नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनको पूर्णपाठ:Speech4Patrakar_mahasangh_FinalDownload

 

`
12 comments
देशले पाउला त पहिलो महिला प्रधानमन्त्री ? यस्तो छ सुशीला..

काठमाडौं ,भदौ २५ गते । जेजी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाको ढोका उघारेको छ । आज ब..

15 घन्टा पहिले

देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्द..

काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएप..

16 घन्टा पहिले

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..

2 दिन पहिले

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..

2 दिन पहिले

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

3 दिन पहिले

...