Janakpurdham
Sun, Aug 24, 2025
`

प्रचण्डलाई चितवनबाट लखेटेर गोरखा पठाएका रवि उनकै अन्डरको सरकारमा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं - राजनीति बडो विचित्रको हुन्छ । दुई महिनाअघिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई चितवन ३ मा उठ्नसमेत नदिएर गोरखा २ जान बाध्य बनाएका रवि लामिछाने अहिले उनकै अन्डरमा बसेर काम गर्नुपर्ने अवस्थामा पुगेका छन् ।प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सामेल हुँदैछ । उनकै नेतृत्वमा पार्टी सरकारमा जाने भएको छ । चितवन ३ मा प्रचण्ड उठेमा आफू पनि त्यहीँबाट उठ्ने भन्दै लामिछानेले तयारी गरेका थिए ।यदि लामिछाने उठेमा आफू पराजित हुने सम्भावना देखेरै प्रचण्ड गोरखा २ पुगेका थिए । प्रचण्ड गोरखा गएपछि लामिछाने पनि चितवन २ मा गए । चितवन ३ मा विक्रम पाण्डेले चुनाव जिते ।चितवन २ बाट ४९ हजार मत ल्याएका लामिछाने अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन लागिपरेपछि हिजो घन्टी घन्टी भन्दै हिँडेकाहरूले पश्चाताप गरेका छन् ।आखिरमा रवि पनि कम्युनिस्ट नै रहेछन् भनेर चर्चा हुन थालेको छ । केपी ओली र प्रचण्डले बोलाउँदैमा खुरुक्क बालकोट पुग्ने रवि लामिछानेको हैसियत अबको निर्वाचनले देखाउने निश्चित छ । किनभने उनले पाएको मत सबै कांग्रेसको नै हो ।कांग्रेसमा असन्तुष्टिको फाइदा उठाएर २० सिट जितेका लामिछानेले प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उनको आलोचना हुन थालेको छ । रवि र छवि (प्रचण्ड) दुवैलाई देवत्वकरण गर्नेहरू अहिले लोकतान्त्रिक पार्टी कांग्रेसलाई चुनावमा पाखा लगाएमा पश्चाताप गर्न थालेका छन् ।अब प्रचण्डको सरकारमा रविले के गर्लान् भन्ने चासो चौतर्फी देखिएको छ । प्रचण्ड लहडमा निर्णय गर्ने नेता हुन् । उनको रिमोट कन्ट्रोल केपी ओलीको हातमा छ ।हिजो ओली र प्रचण्डलाई सत्तोश्राप गर्ने रवि अहिले उनकै अन्डरमा चल्न थालेपछि रास्वपामा ठूलो असन्तुष्टि देखिएको छ । गणेश कार्कीलगायतका नेताहरूले रविको निर्णयप्रति आपत्ति जनाएका छन् ।साभार : मिडिया डबली

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

12 घन्टा पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

12 घन्टा पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

13 घन्टा पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

2 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

3 दिन पहिले