Janakpurdham
Thu, Sep 24, 2026
`

तीन तहको सरकारको समन्वयको आभावमा विपद् जोखिम व्यवास्थापनको काम प्रभावकारी भएन ः मन्त्री साह 

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

बटुकनाथ झा, जनकपुरधाम १३ गते पुस ।शीतलहर सुरु भएपछि मधेश प्रदेश सरकारले विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापनका लागि संयुक्त अन्तरक्रिया गरेको छ । मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयको आयोजनामा भएको सो अन्तरक्रियामा बोल्दै बोल्दै गृह तथा संचार मन्त्री भरत प्रसाद साहले विपद् व्यवस्थापन तिन वटै सरकारले गर्नुपर्ने संबिधानमा उल्लेख भएपनि समन्वयको आभावमा प्रभावकारी काम हुन नसकेको बताउनु भयो । विपदबाट बच्न मन्त्रालयले विभिन्न प्रकारका कामहरु गरिरहेको जानकारी गराउदै उहाँले तत्काल शितलहरबाट बच्न प्रदेशबासीलाई विभिन्न उपायहरु अपनाउन आग्रह गर्नुभयो । प्रदेश सरकारले विपद व्यवस्थापनका लागि बैठक गरी राहतका सामानहरु समेत उपलब्ध गराउने विषयमा छलफल भएको उहाँले बताउनु भयो । मधेश प्रदेश गृह तथा संचार मन्त्रालयको आयोजना तथा पिपुल इन निड, आत्म निर्भर सेवा केन्द्र तथा राष्टिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भएको सो अन्तरक्रियामा बोल्दै मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मसउद आलम खाँले विपद्बाट बच्न स्थानीय युवालाई प्रशिक्षित गर्नुपर्ने बताउनु भयो । विपद् आउनु भन्दा पुर्व नै यसको व्यवस्थापनका लागि सक्रिय हुनुपर्ने बताउदै उहाँले राज्यबाट राहतको लागि पहल गर्नु भन्दा स्थानीय स्तरमा युवालाई विपद्बाट बच्न प्रशिक्षण दिए कम खर्चमा प्रभावकारी काम हुने बताउनु भयो । मन्त्रालयका सचिव रामकुमार महतोको अध्यक्षतामा भएको सो अन्तरक्रियामा बोल्दै सशस्त्र प्रहरी नायव महानिरिक्षक गणेश ठाडा मगरले प्रदेशभर विपद् प्रभावितको सहि तथ्यांकको आभाव रहेको बताउदै सशस्त्र प्रहरीबलमा तालिम प्राप्त प्रहरी अधिकृतहरु रहेकाले विपद व्यवस्थापनमा सहयोग गर्ने बताउनु भयो । विपद्को समयमा परिचालित हुन सशस्त्र प्रहरी सदैब तयार रहेको उहाँले बताउनु भयो । सो अन्तक्रियामा मन्त्रालयका विपद् व्यवस्थापन महाशाखाले मधेश प्रदेशको विपद् जोखिक न्युनीकरण सम्बन्धी वर्तमान अवस्था, मन्त्रालयको भूमिका, राष्टिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत व्यवस्थापन तथा भावी कार्य दिशाका सम्बन्धमा जानकारी गराएका थिए । अन्तरक्रियामा पिपुल इन निीडका तर्फबाट आस्था प्रधानाङ्गले दिगो समाधान परियोजना अन्तरगत भईरहेको कामका सम्बन्धमा जानकारी गराउनु भएको थियो । त्यस्तै निर्मलमणी दहालले जलवायु परिवर्तन तथा स्थानीय अनुकूलन योजनाको अवस्था,आत्म निर्भर सेवा केन्द्रका जगत वस्नेतले मधेश प्रदेशमा भूमि,विपद् सामाजिक सुरक्षा कार्यक्रमका सवालहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विपद जोखिमका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी तथा अन्य सरोकारबलाहरुको सहभागिता रहेको थियो ।

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

8 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

8 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

1 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

1 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले