पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा, खुसियालीमा सार्वजनिक बिदा
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दैछन् ।सरकारले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याएकाे हाे । पोखरा महानगरपालिकाले यही खुसियालीमा आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।आइतबार बिहान विमानस्थलमा अवतरण हुने पहिलो जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिँदैछ ।विमानस्थल उद्घाटनसँगै आइतबारदेखि सबै आन्तरिक उडान यही विमानस्थलबाट हुनेछन् ।नयाँ विमानस्थलबाट काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, जनकपुरलगायतका सहरी गन्तव्यमा उडान हुने छ । नयाँ विमानस्थल सञ्चालनमा आएपछि पुरानो विमानस्थल हाललाई दिउँसोमात्रै सञ्चालनमा रहनेछ ।चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विक्रम संवत् २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माणकार्य सुरु भएको थियो । साभार : स्पेसखबर
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
8 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
8 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले