उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयीक विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एंव नयाँ कार्यकालको शुभकामना दिए । यस्तै, श्रीबास्तवले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग भावी दिनमा पनि कायम रहने बताए । यस्तै, विकास निर्माणका केही विषयको छलफल मन्त्रालयस्तरबाटै गर्ने लगायतका विषयमा समेत कुराकानी भएको मन्त्रीको सचिवालयले बताएको छ ।भारतीय सहयोगमा निर्माण भइरहेको आयोजनाहरूमा देखिएका समस्या समाधान गर्ने लगायत विषयमा समेत छलफल भएको बताइएको छ । भेटका क्रममा मन्त्री श्रेष्ठले भारतीय सहयोगमा बनिरहेका आयोजनाहरूको काम छिटो सक्नुपर्ने, विवाद देखिएका आयोजनाको विवाद समाधान गर्नुपर्ने लगायतका कुरा राखे ।यस्तै, केही आयोजनाहरूको मुआब्जा विवाद अदालतसम्म पुगेको र त्यो विवाद नेपाली पक्षबाट समाधान गरिनुपर्नेमा दुवै पक्ष सहमत देखिएका छन् । भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् ।साभार : रातोपाटी
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
7 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
7 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले